हिमांशु राय
बेलबारी-मोरङ ९ भदौ २०७६,सोमवार
अनाथ वालवालिका संरक्षण को लागि विदेशी दाताहरु को सहयोगमा मोरङको बेलबारी - २ मा तत्कालिन सांसद हर्कमान तामाङ लाई २०५६ सालमा अमेरिकी नागरिक डयानी अनि,एलिसा हाम्फ्रिन,डा वाल्ट ज्यामी हार्वर अनि टेनिसीले " सहारा परिवार नेपाल बेलबारी "संस्था का नाममा जमिन हस्तान्तरण गरेको हो।
मोरङ जिल्ला प्रशासन कार्यालय दर्ता नम्वर ८७५ दर्ता भई अनाथ वालवालिकाहरुको हितमा काम गर्न संञ्चालित सो संस्थाले २ बिघा ५ कट्ठा ३ धुर जमिन खरिद गरि आवाश्यक भौतिक संरचनाहरु निर्माण गरेका थिए।
उक्त सहारा परिवार नेपाल को नाउमा रहेको कुल २८ कट्ठा ३ धुर जमिन मोरङ जिल्ला अदालत मार्फत २०७५ मंशिर ११ गते डम्वर बहादुर तामाङको नाममा गएको देखिएको छ।संस्थाको नाममा विभिन्न ८ वटा कित्ता नम्वर बाट २ बिघा ५ कट्ठा ३ धुर जग्गा बाँकी रहेकोमा हरैचा - ५ ख हाल बेलबारी-२ को कित्ता नम्वर १०७८ को ५ कट्ठा कित्ता नम्वर ७८५ को ७ कट्ठा कित्ता नम्वर १०८३को ३ कट्ठा कित्ता नम्वर १०८१को ४ कट्ठा कित्ता नम्वर १०९० को ५ कट्ठा र कित्ता नम्वर१०१९ को ४ कट्ठा ३ धुर जमिन तत्कालिन सांसद समेत रहेका हर्कमान तामाङको नाउँ मा नामसारी गरिएको अभिलेख मालपोत कार्यालय बेलबारीमा देख्न सकिन्छ।
यश संस्थाको हालको संचालक समिति अध्यक्ष शिव बराल हुन् भने
उनि दुईकार्यकाल बेलबारी गा. वि. स. का अध्यक्ष समेत हुन्।
यसरी हेर्दा बराल गाविस अध्यक्ष भएकै समयमा तत्कालिन सांसद हर्कमान तामाङ ले सहारा नेपालको जमिन आफ्नो नाउँ मा सारेको देखिन्छ ।यस बिषयलाई लिएर प्रतिपक्ष नेपाली काङ्ग्रेस बेलबारी नगर कार्यसमिति ले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ।
नेपाली काङ्ग्रेस पार्टी बेलबारी नगरकार्यसमिति का सभापति शम्भु भट्टराई द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।उक्त विक्री भएको जमिन पुन संस्थाकै नाउँ मा फिर्ता ल्याउनुपर्ने र सहाराको जग्गा विक्री भएको संम्वन्धमा यथार्त छानविन गरि विक्रीमा संग्लन्न रहेका ब्याक्तिहरुलाई कडा भन्दा कडा कार्वाही गरि जग्गा विक्री प्रकरणमा मुछिएका पुर्व सांसद हर्कमान तामाङ र तत्कालिन गाविस अध्यक्ष हाल बेलबारी नगरपालिका मेयरका सल्लाहाकार समेत रहेका शिव बराल दुबैलाई मेयरको सल्लाहाकार पद बाट हटाउनु पर्ने माग जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सहारा नेपालको जमिनमा स्थापना कालदेखिनै आश्रय लिएर बसोवास गर्दै आईरहेका २८ परिवार लाई त्यहाँ बाट हटाउन लागिएको विषय प्रती आपत्ति प्रकट गर्दै विज्ञप्ति मार्फत काङ्ग्रेस नगरकार्यसमितिले गम्भीर ध्यानाकर्षण गराएको छ।
यसरी सो जमिनमा आश्रय लिई बसेका २८ परिवारहरुको विषयमा चिन्ता ब्याक्त गर्दै त्यहाँ बाट २८ परिवारहरु लाई विचल्लि वनाई विस्थापित गराए कडा प्रतिवाद गर्ने चेतावनि दिदै २८ परिवारको पक्षमा सदैव आफुहरु रहने कुरामा ढुक्क र आश्वस्त रहन समेत काङ्ग्रेस नगरकार्यसमिति ले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved