इटहरी । बढ्दो चिसो मौषमलाइ मध्यनगर गर्दै इटहरी उपमहानगरपालिका वडा न. २ र वडा न. १२ वडा मा असहाय तथा विपन्न व्यक्तिहरुका लागी न्यानो कम्मल बितरण गरिएको छ । जाडोबाट कष्टकर जिवन बिताइरहेका विपन्न परीवारलाई २ सय २० थान कम्मल इटहरी उपमहानगरपालिकाले बितरण गरेको हो ।
इटहरी उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार जाडोबाट कष्ट भोगीरहेका इटहरी वासिलाई यसरीलै न्यानो कपडा तथा कम्मल बितरण गरीरहने कुरा बताउछन् । कसैलेपनि जाडोले गर्दा ज्यान मुमाउने अवस्था नआवस भनि न्यानो कम्मल बिचरण गरेको चौधरी बताउछन् ।
जाडोबाट रातभर कष्ट भोग्दै आएका वडा बासिको अनुहारमा कम्मल पाएपछि खुसि आयो ।
उनीहरु भन्छन कम्मलले जाडो छल्ने आशा छ । रातभर चिसोमा बस्नु पर्दा गाह्रो हुन्छ तर न्यानो कपडा पाउदा खुशि लागेको स्थानिय बताउछन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved