सुनसरी/कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर र आयोजनाका मजदुर गन्तव्य तर्फ हिडेका थिएविश्वभरी फैलीएको कोरोना भाइरस (कोभीड-१९) को महामारीसगैँ नेपाल सरकारले विगत ४५ दिन देखी जारी लकडाउनका कारण समस्यामा परेका भोजपुर जिल्लावासी हाल अस्थाई रुपमा मोरङ, सुनसरी बस्दै आएका नागरीकलाई शेर्पा कन्स्ट्रक्सनले निःशुल्क खाद्यान्न राहत वितरण गर्ने भएको छ । शेर्पा कन्स्ट्रक्सनका सञ्चालकहरु स्थानीय फुर्तेम्बा शेर्पा,सन्तोष श्रेष्ठ र सुर्य तामांगको सयुक्त लगानीमा राहत संकलन गरी वितरण गर्ने भएको हो । विभिन्न कामको शिलशिलामा मोरङ, सुनसरीमा अस्थाई बसोबास गर्नुहुने जिल्लावासीहरुको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न राहत वितरण गर्ने तयारी भएको शेर्पा कन्स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाले बताएका छन्।
कन्स्ट्रक्सनले जो जहा छ त्यहि बसी कोरोना नियन्त्रणमा सहयोग गर्न समेत सबै नागरीकहरुलाई आग्रह गरेको छ । साथै कन्स्ट्रक्सनले विज्ञप्ती जारी गर्दै समस्यामा परि खाद्यान्न राहत आवश्यक पर्ने नागरीकले भोजपुर जिल्लाको आफनो ठेगाना अनुसार तोकिएका व्यक्तिहरुलाई सम्र्पक गर्न अनुरोध गरेको छ । जसमा षडान्नद नगरपालिका र साल्पासिलिछो गाउँपालिका घर भई हाल मोरङ वा सुनसरी बसोबास गर्दै आएका नागरीकले प्रदेश सांसद मा. राजेन्द्र राईको मोबाईल नं.९८५१०५४३३४ मा सम्र्पक गरी नाम टिपाउनु पर्नेछ । त्यस्तै रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाका नागरीकले शरण कुमार राईको सम्र्पक नं. ९८५२०५२२३३,आमचोक गाउँपालिकाका नागरीकले बलराम राईको सम्र्पक नं. ९८५२०५२२२२,पौवादुङमा गाउँपालिकाका नागरीकले मनोज कार्कीको सम्र्पक नं.९८१९०५९२७६, हतुवागढि गाउँपालिकाका नागरीकले एक्सन राईको सम्र्पक नं.९८५२०५२०५२/९८०४०२५१९५ मा सम्र्पक गरी राहतका लागी आफनो नाम टिपाउनु पर्नेछ । त्यस्तै भोजपुर नगरपालिका र अरुण गाउँपालिकाका नागरीकले गोकुल भुजेलको सम्र्पक नं. ९८१०४९५४५२/९८४०९७७११९ मा नाम टिपाई खाद्यान्न राहत लिन सकिने विज्ञप्तीमा उल्लेख गरीएको छ ।
यस अघि शेर्पा कनस्ट्रकसनले मोरङ, सुनसरी र भोजपुर जिल्लाका विपन्न, गरिब, मजदुर १ हजार ३ सय घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी नुन, २ लिटर तेल वितरण गरीसकेको छ ।कन्स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved