सुनसरीमा खुल्ला दिशा मुक्त अभियान

  • प्रकाशित मितिः पुष १६, २०७४
  • 1636 पटक पढिएको
  • समय अनलाइन

इनरुवा । सुनसरीमा खुला दिशा मुक्त अभियान कागजमा सिमित भएको पाइएको छ । अधिकांस क्षेत्रमा अभियानको क्रममा बनाईएका शौचालय प्रयोग बिहिन हुँदा खुला दिशा मुक्त अभियान कार्यक्रम कागजमा मात्र सिमित बन्न पुगेको हो ।

जिल्लामा खुला दिशा मुक्त अभियान कार्यक्रम हत्तार हत्तारमा सक्ने होडवाजी र कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने गैरसरकारी संस्थाहरुको कारण ठोस पूर्वाधार नै निर्माण नगरी शौचालय निर्माण लगायतका काम गरेको कारण खुला दिशा मुक्त क्षेत्र प्रभावकारी नभएको पाइएको छ् ।

सुनसरीमा सरोकारवालाहरुले सन् २०१५ सम्ममा सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा दुई वर्षबढी हुन लाग्दा समेत अभियान कार्यक्रम अझै सकिएको छैन् । सुनसरीको अझै पनि केही साविकका गाविस खुला दिशा मुक्त घोषणा गर्न बाँकी नै रहेको अवस्थामा खुला दिशा मुक्त क्षेत्र घोषणा भई सकेका साविकका गाविसहरुमा निर्माण गरिएको शौचालयहरु भत्किएर प्रयोग बिहिन बनेपछि कार्यक्रमलाई चुनौती थपिएको देखिन्छ ।

सरकारी योजना अनुसार यहाँ घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिएको भएपनि सुनसरीमा अधिकांस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको गाउँमा खुल्ला रुपमा दिसा पिसाब गरिरहेको श्रीपुरका चन्दन यादव बताउँछन् । सिएसडिसि सुनसरी तथा वेल् नामक संस्था र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरी लगायत बिभिन्न सरकारी निकायको सहकार्यमा संचालित खुला दिशामुक्त अभियान प्रभावकारी बनाउनका लागि अनुगमन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

 शौचालय प्रयोग बिहीन बन्ने क्रम बढेको र सुनसरीमा खुला दिशा मुक्त अभियान प्रभावकारी बन्न नसकेको सरोकारवालाहरु बताउँछन् । सरकारले २०१७ सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार सुनसरीमा समेत यो अभियान संचालनमा ल्याएका थिए । सरकारी योजनालाई सार्थक पार्नुपर्नेमा त्यसको विपरित काम भएको पाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved