जापानको मौसम विज्ञान निकायले शनिबार 6.9 म्याग्निच्युटको भूकम्प पछिको सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरी पूर्वी समुद्र तटीय क्षेत्रका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरेको छ I
सुरुमा 7.2 म्याग्निच्युडको भुकम्पको अनुमान गरिएको भएपनि जापानी अधिकारीहरुले भूकम्पको धक्का 6.9 म्याग्निच्युटको पुष्टी भएको बताएका छन् अमेरिकी भूगर्व विभागले जापानमा गएको शनिबारको भूकम्पको धक्का 6.0 म्याग्निट्युटको रहेको बताएको छ I
स्थानीय समय अनुसार शनिबार साँझ 6 बजेर 9 मिनेट जाँदा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिव 60 किलोमिटरको गहिराईमा रहेको जापानी मौसम बिज्ञान निकायले बताइएको छ I भूकम्पपछि समुद्रमा करिब एक किलोमिटर सम्म पानीको तरङ्ग निस्किन सक्ने भन्दै टतिया क्षेत्रमा रहेका हजारौं नागरिकलाई सुरक्षित स्थानतर्फ जाना निर्देशन दिएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved