धरान / भारतमा उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ। उनको उपचारको क्रममा भारतको कलकत्तामा निधन भएको हो।
५६ वर्षको उमेरमा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेपनि थप जानकारी दिएको छैन। उनी उच्च रक्तचाप, मिर्गौला रोगबाट पिडित थिए । उनको एक छोरा रहेका छन्।
रौनियारको दाहसंस्कार भोलि बिहान ९ बजे सोही वडाको बुढी खोलास्थित आर्यघाटमा हुने बताइएको छ। उनी उपकुलपति रहेकै समय २०७६ साल असारमा अख्तियारको स्टिङ अप्रेसनमा भतिजा डा. रामहरी रौनियारसहित पक्राउ परेका थिए। गत जेठमा सफाइ पाएका थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved