इटहरीमा खोला पैनिमा बनेका अबैध संरचना भत्काउन शुरु मेयर पौडेल भन्नुहुन्छः कुनै हालतमा खोलाको संरचना भत्काईन्छ

  • प्रकाशित मितिः चैत्र १४, २०८०
  • 96 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ इटहरी उपमहानगरपालिकाले खोला, पैनि मिचेर बनाएको भौतिक संरचना भत्काउन शुरु  गरेको छ। बर्षेनी इटहरीमा बाढिले दुख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उप–महानगरले डोजर चलाएको हो ।            )देखि इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन शुरु गरेको मेयर हेमकर्ण पौडेलले बताउनुभयो। खोलाको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर पुग्नुभएको थियो। बारम्वार सुचना जारी गर्दा पनि संरचना नभत्काएपछि उप–महानगर आफैले भत्काउन सुरु गरेको मेयर पौडेलले बताउनुभयो।कुनैपनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलले प्रतिबद्दता जनाउनुभयो। टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनिको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले ति खोला पैनिको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन शुरु गरेको बताउनुभयो

 इटहरी उप–महानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढिका कारण ९जनाको ज्यान गएको थियो। अघिल्लो वर्षको बाढिले ४ जनाको ज्यान गएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढिले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नम्बर वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढिले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन तर, त्यसदिन इटहरीका मानववस्तीमा बाढि प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतिमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गर्दथ्यो।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासिन्दा पीडित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved