नेपाली जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहार इटहरीका धर्म सापकोटालाई

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 146 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरीमा सञ्चालनमा रहेको नेपाली जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहार इटहरीका धर्म सापकोटाले जित्नुभएको छ ।

होली पर्वको अवसर पारेर उपभोक्ताका लागि बिग सेल विग अफरमा बम्पर उपहार घोषणा गरेको नेपाली जुत्ता चप्पल बिक्रि केन्द्रले लक्की ड्र गरी उपहार वितरण गरेको हो।

बिक्रि केन्द्रमा उपभोक्ताले खरिद गरेका जुत्ता चप्पलको रसिदहरुको आधारमा मंगलबार लक्की ड्र गर्दा बम्पर उपहार इटहरी वडा नम्बर १७ का धर्म सापकोटालाई परेको हो। बम्पर उपहार प्राप्त गरेका सापकोटालाई नेपाली जुत्ता चप्पल बिक्री केन्द्रले बुधबार आज ५५ लिटरको एयर कुलर प्रदान गरेको हो।

बिक्री केन्द्रका व्यवस्थापक चक्र बिष्टले सापकोटालाई कुलर हस्तान्तरण गर्नुभएको छ। लक्की ड्र मार्फत अन्य ३ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको व्यवस्थापक चक्र विष्टले जानकारी दिनुभयो।

सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा इटहरी ५ कि सृजना मगर, इटहरी ६का अर्जुन संग्रौला र रामधुनी ६ का विष्णु खड्का हुनुहुन्छ। बम्पर उपहार जित्दा खुसी लागेको विजेता सापकोटाले बताउनुभयो। आउनै लागेको नयाँ बर्ष २०८१ आफ्नो लागि सुखद रहने संकेतको रुपमा लिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved