भोजपुरको चखेवामा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरू

  • प्रकाशित मितिः बैशाख १, २०८१
  • 180 पटक पढिएको
  • जीवन फुयाल

भोजपुर / भोजपुरको चखेवा भञ्ज्याङमा नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव सुरू भएको छ ।

चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरु भएको छ ।

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र, स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने भएको छ ।

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले टेम्केमैयुङ गाउँपालिकाले कृषि, पर्यटन तथा सास्कृतीक क्षेत्रको विकासका लागी टेम्केडाडाँ, चखेवा भञ्जयाङ, मैयुङडाडालाई पर्यटक हवको रुपमा विकास गर्न सुझाउनुभएको छ भने लालीगुराँसको संरक्षण गरी थप पर्यटकहरू लाभान्वित गर्न पालिकालाई सुझाव दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद विनोद बान्तवा तथा अन्य अतिथिहरूले टेम्केडाडाँ र चखेवा भञ्जयांगको मात्र नभएर पालिकाले पालिका भरी रहेका पर्यटकीय क्षेत्रहरूको खोज अन्वेषण गरी संरक्षण, सम्वद्र्धन तथा प्रर्वद्धनगर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागी सरोकारवाला सबैले तत क्षेत्रबाट लागी पर्न सुझाव दिएका थिए ।

गाउँपालिकाको कृषि, पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा प्रचारप्रसारका लागी महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने गाउँपालिकाका उपाध्यक्ष रमादेवि राईले बताइन् ।
टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् ।

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन टेम्केमैयुङको पर्यटनमा प्रवर्द्धन समितिका अध्यक्ष आई कुमार राईले बताए । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी रहेको छ ।

उद्घाटन कार्यक्रममा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई , साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ ,साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ,मुन्धुम पदमार्गका अभियान्ता हरि बहादुर राई ,टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी
विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीय लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।

गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ ।

टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

महोत्सवस्थल चखेवा धरानबाट ७ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौंबाट करिब १० घन्टा (३०० किमी) दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved