इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी

  • प्रकाशित मितिः बैशाख २७, २०८१
  • 184 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरी उप महानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्रचार गरेको हो ।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रुपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्रचार गरेका हुन । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाई छ ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेका हुन ।


एक महिना अगाडी नै इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । खेती खोलामा दर्जनौ घर टहरा भत्काउदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउदै आएका छन ।

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved