काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको फिल्मी करियरमा अत्यन्तै उतार–चढाव आएका छन् । करियरको सुरुवातीमा अभिनय गरेको पहिलो फिल्म ‘इश्क विश्क प्यार व्यार’ बाट दर्शक माझ स्थान बनाउन सफल शाहिदले अहिलेसम्म कयौं फिल्ममा अभिनय गरिसकेका छन् ।
हैदर, कमीने, जब वी मेट र उडता पञ्जाब केही यस्ता फिल्म छन्, जसमा उनको भूमिकाको सबैले प्रशंसा गरेका थिए । तर यसका बाबजुद पनि उनको खातामा अहिलेसम्म कुनै पनि एक सय करोड फिल्म छैन ।
शाहिद कपूरको सबैभन्दा सफल फिल्म हो सन् २०१३ मा रिलीज भएको ‘आर. राजकुमार’ । जसमा उनका साथ सोनाक्षी सिन्हा मुख्य भूमिकामा थिइन् ।
यी हुन् शाहिद कपूरका सबैभन्दा बढी कमाई गर्न सफल फिल्महरु
१. आर. राजकुमार– ६६.१० करोड रुपैयाँ
२. उडता पञ्जाब– ६०.३३ करोड रुपैयाँ
३. हैदर– ५६.०९ करोड रुपैयाँ
४. शानदार– ४३.१३ करोड रुपैयाँ
५. कमीने–४३ करोड रुपैयाँ
६. फटा पोस्टर निकला हीरो– ३६.५३ करोड रुपैयाँ
७. बदमाश कम्पनी– ३६ करोड रुपैयाँ
८. जव वी मेट– ३२.५० करोड रुपैयाँ
९. मौसम– ३० करोड रुपैयाँ
बक्स अफिसमा रिलीज हुँदै लाग्दा बहुप्रतिक्षीत फिल्म ‘पद्मावत’ नै शाहिद कपूरको पहिलो एक सय करोड कमाउन सफल फिल्म बन्न सक्ने अनुमान गरिएको छ ।
दर्शकहरु लामो समयेदखि २५ जनवरीमा रिलीज होन गइरहेको ‘पद्मावत’ को पर्खाइमा छन् । यसै कारण यो फिल्मले आफ्नो पहिलो दिन मै २५ देखि ३० करोड रुपैयाँ कमाई गर्ने र सय करोडको आंकडा पार गर्न फिल्मले मात्र ३ देखि ४ दिनको समय लगाउने आंकलन गरिएको छ ।
फिल्म ‘पद्मावत’ मा शाहिद कपूरसँगै दीपिका पादुकोण, रणवीर सिँह र अदिति राव हैदरी लगायतका कलाकारहरुको भूमिका रहेको छ । फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले झण्डै १८० करोडको लागतमा यो फिल्म निर्माण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved