छ महिनामा ५९ अर्ब राजश्व संकलन

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 1128 पटक पढिएको
  • समय अनलाइन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । 

इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । 

चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट रु २१ अर्ब ७९ करोड र इन्धनबाट रु सात अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ । 

गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर रु १८ अर्ब ७४ करोड ८० लाख मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो । चालु आवको छ महिनाको अवधिमा भारतबाट रु ३५ अर्ब १० करोड ४५ लाख ९१ हजारको इन्धन, रु १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, रु ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, रु चार अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, रु ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा रु सात अर्ब १३ करोड सात लाख ७१ हजारको एलपी ग्यास नेपाल भित्रिएको छ । 

गुणस्तर प्रमाण चिन्ह लिन आदेश 

गुणस्तर प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको नारायणी अञ्चलका ग्यास उद्योगलाई सरकारले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन समयसीमा तोकेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । 

नारायणी अञ्चलमा रहेको १२ वटा ग्यास उद्योगमध्ये बाराको परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले मात्र त्यस्ता प्रमाण चिन्ह लिएको र अन्य ११ वटा ग्यास उद्योगले कानूनी प्रक्रिया पूरा नगरेकाले एक महिनाभित्र सो प्रमाण चिन्ह लिन सरकारले आदेश दिएको कार्यालय प्रमुख राकेशकुमार झाले बताए । 

‘बोटनीङ प्लान’अन्तर्गत सञ्चालनमा रहेको त्यस्ता ग्यास उद्योग ठिक छ, छैन भन्ने सम्बन्धमा सरकारबाट गुणस्तर तथा आइएसओ प्रमाण चिन्ह लिनुपर्ने कानूनी व्यवस्था रहेपनि अधिकांश उद्योग प्रमाण चिन्ह नलिई कानून विपरित सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ । 

एक महिनाअघि वीरगञ्जको रघुनाथपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भई धनजनको क्षति भएपछि सरकारले यस्तो कदम चालेको हो । रासस

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved