भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 1639 पटक पढिएको
  • समय अनलाइन

मुगु/ जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ ।

जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छ छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिए । एक हप्तायता गाउँमा निमोनिया र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए ।


त्यस्तै यसै हप्ता छायानाथ रारा नगरपालिका–५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ, त्यस्तै वडा नम्बर ७ मा एक वर्षीय बालक र ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्तायता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धीरेन्द्र भामले बताए।

यता खत्याड गाउँपालिकाका सबै गाउँ बस्तीमा रुघा खोकी, निमोनिया र ज्वरोको प्रकोप फैलिएको तथा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयवासी वीर्खबहादुर थापाले जानकारी दिए । रुघा, खोकी र ज्वरोका कारण शुक्रबारसम्म आधा दर्जन बढीको मृत्यु भएको उनले जानकारी दिए ।

यो साताभित्र एउटै रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी र ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ ।

कात्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाडा गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीय मागी रोकाया, पैखु गाउँका ५६ वर्षीय धनसिंह थापा र सोही गाउँका ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ ।

कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने रिंगटा लाग्ने बान्ता आउने आँखा दुब्ने खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् ।

दुई सातासम्म बालबालिका र तन्नेरी बिरामी परेर सञ्चो हुने र ५० वर्षभन्दा माथिका दमरोग रक्तचाप कम र बढी भएका महिला पुरुषलाई रोगले बढी च्यापेर धमाधम मृत्यु हुन गरेको छ ।

गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत बस्तीमा व्यापक भाइरल ज्वरो फैलिएको छ । चिसो बढ्दै जाँदा झन भाइरल ज्वरोका बिरामी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved