हमासद्वारा प्यालेस्टिनीलाई ट्रम्पको जेरुसेलम घोषणा विरुद्ध आन्दोलन गर्न आह्वान

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 284 पटक पढिएको
  • समय अनलाइन

गाजा/ प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध व्यापक आन्दोलन गर्न विहीबार आह्वान गरेको छ ।

वेस्ट वैंक, गाजा क्षेत्र र पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरूले ट्रम्पको अमेरिकी राजदूतावासलाई तेल अभिभबाट जेरुसेलम सार्ने र जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम विरुद्ध विशाल प्रदर्शन गरीरहेका समय हमासद्वारा ‘इन्तिफादा’ भनिने नयाँ आन्दोलनको घोषणा गरेको छ ।

हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै ‘इन्तिफादा’ को घोषणा गरेका हुन । उनले भने, “आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना भएको छ ।”

इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै उनी अब जेरुसलेमको इतिहाससँग सधैंका लागि जोडिएको प्रतिक्रिया दिए । नेतान्याहुले अमेरिकी राष्ट्रपतिको बुधबार घोषणा गरिएको कदमलाई “ऐतिहासिक” भनी प्रशंसा गरेका छन ।

तर अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।

साउदी अरबले अमेरिकी कदमलाई ‘आधारहीन र गैरजिम्मेवार’ भनेको छ भने फ्रान्स र बेलायतले अमेरिकी कदमको समर्थन नगर्ने देखिएको छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले ट्रम्पको निर्णयलाई निन्दनीय भन्दै पछिल्लो निर्णयबारे राष्ट्रसंघमा उजुरी दिने बताएको छ ।

यसै विषयमा अरब लिगले शनिबार आपतकालीन बैठकको आयोजना गर्न लागेको छ भने राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक शुक्रबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved