नक्कली सुन धितोसिटिजन्स बैंकका प्रबन्धकसहित

  • प्रकाशित मितिः श्रावण ९, २०७६
  • 1118 पटक पढिएको
  • समय अनलाइन

नेपालगञ्ज– अदालतले सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ।उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात जनासँग जनही २५ लाख धरौटी मागेको हो। सात जनामध्ये ईश्वर सुनारमात्रै धरौटी बुझाएर छुटेका छन्। ६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार जना तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रवन्धक शंकर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मासँग अदालतले जनही २५ लाख माग गरेको थियो।सिटिजन्स बैंक नेपालगञ्ज शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बैंकलाई तिर्न बाँकी रकम ३ करोड २७ लाख रुपैयाँ तिर्न आनाकानी गरेपछि बैंकमा ठगी काण्ड भएको उजुरी आफैले गरेका थिए।प्रहरीले उनकै उजुरीको आधारमा छानबिन शुरु गरेको थियो। सो घटनामा सहायक प्रवन्धक जोशी, बैंकको मुख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जना माथि अनुसन्धान गरिएको थियो।उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास १ नम्बर बेन्चमा न्यायाधीश बिष्णुदेव पौडेलको इजलासले सो आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved