इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा पौडी खेल्ने क्रममा १४ बर्षिय अनु श्रेष्ठको मृत्यु भएको छ । वराहक्षेत्र ५ आन्द्रमोठमा रहेको ५ नम्बर वडा अध्यक्ष राजु अधिकारीको फर्ममा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १४ बर्षीया बालिकाको डुबेर मृत्यु भएको हो ।
जडेज माध्यमिक बिधालयमा कक्षा ९ मा अध्यन गर्दै गरेको श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाउको छ । नातेदार राजु अधिकारीको घरमा बस्दै आएका अनु श्रेष्ठ र १६ बर्षिय ममता श्रेष्ठ दुबै जना शनिवार अपरान्ह ४ बजे तिर सब्जी टिप्ने भनेर साइकल लिएर आन्द्रमोठमा रहेको फर्म गएको स्थानीयहरु
गर्मी भएकोले पोखरीमा पौडी खेल्ने क्रममा अनु श्रेष्ठको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पोष्टमार्टम भई आइतबार अन्त्येष्टि गरिएको छ ।बताएका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved