प्रहरीलाई भवनधरानेले बनाइदिए

  • प्रकाशित मितिः श्रावण ११, २०७६
  • 956 पटक पढिएको
  • समय अनलाइन

 अनि त्यहीँ कोठामा दोहोरो कामको चापले प्रहरी हैरानी थिए । धरान १५ मा जनताको सेवा र सुरक्षामा खटिएका प्रहरीहरुको त्यो हैरानी र सास्ती अव भने हटेको छ ।
धरान १५ का वडावासीले तिनै जनताको सेवामा रातोदिन समर्पित भएका प्रहरीलाई सुविधा सम्पन्न भवन वनाईदिएपछि अव भने प्रहरीलाई शान्ति सुरक्षा कायम गर्नको निम्ति सहज भएको छ ।धरान १५ को पाथीभरा लाइनमा २३ लाखको जनसहभागिताबाट ६ कोठो प्रहरी भवन स्थानीयवासीले निर्माण गरिदिएपछि अव भने प्रहरीलाई सहज भएको हो । करिब १० महिनाको छोटो अवधिमा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितीका संयोजक हिमाल दाहालले बताए । उनले भने, २०७५ साल भदौ २९ गते भवन निमार्णको लागि धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले सिलन्यास गरेकी थिइन भने शुक्रबार प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशका सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यता,धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारी र प्रदेशका डिआइजी ठाकुर प्रसाद ज्ञवालीले संयुतm रुपमा स्थानीयले निर्माण गरेको नव निर्मित भवनको उद्घाटन गरेका थिए ।

नव निर्मित भवन महिला र पुरुष छुट्टा –छट्टै रहने गरि हिरासत सहितको वनेको छ । भवन निर्माण समितीका संयोजक हिमाल दाहालले दिएको जानकारी अनुसार सो भवन निर्माण गर्नको लागि समितीका पदाधिकारीद्धारा नै सहयोग जुटाएर शुरु गरिएको थियो । संयोजक आँफै स्वयम्ले २५ हजार ५ सय ७५ रुपैयाँ भवन निर्माण गर्नको लागि सहयोग प्रदान गरेर शुरुवाती भएको थियो ।सोही अनुसार समितीका अन्य सदस्यहरुबाट पनि सहयोग जुटाउँदै शरु भएको भवन अन्ततः निर्माण पुरा गरि उद्घाटन समेत भएको छ । भवन निर्माण समितीले दिएको जानकारी अनुसार भवन वनाउनको लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ( कर कट्टा सहित) र धरान उपमहानगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ भने अन्य आर्थिक सहयोग भने जनसहभागिताबाटै जृुटेको हो । साथै भवन निर्माण समितीको आग्रहमा हङकङमा रहेका नेपालीहरुले पनि २ लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको वताइएको छ ।

प्रहरी चौकी उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख भीम बहादुर दाहाल, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपाने, सुनसरी उद्योग वाणिज्य संघ सुनसरी अध्यक्ष गिरीधारी सापकोटा लगायत जनप्रतिनिधी सहितको उपस्थिती रहेका थिए । भवन निर्माण समितीका सदस्य वादल भट्टराईले प्रहरी चौकी भवन निर्माणले धरान १५ का वडावासीको लागि शान्ति सुरक्षा कामय गर्न र गराउन सहयोग मिलेको भन्दै कार्य सम्पादनमा समेत सहज हुने बताए ।धरानमा इलाका प्रहरी कार्यालयको भवन पन धरानेहरुले जनसहभागिताद्धारा निर्माण गर्दैछन भने धरान ६ पानबारीमा जनसहभागिताद्धारा नै आसारा सुधार केन्द्र यसअघि वनाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved