सुकुम्बासी व्यवस्थापनको सुरुवात धरानले मात्रै गरेकाे छ

  • प्रकाशित मितिः श्रावण १२, २०७६
  • 993 पटक पढिएको
  • समय अनलाइन


धरान उपमहानगरपालिकामा भारी मतले विजयी हुनुभएका मेयर मेयर तारा सुब्बा अहिले हामीबीच हुनुहुन्न । अब हामी बीचमा उहाँको भौतीक शरीर नभएपनि उहाँले गर्नुभएका यो धरान प्रति धराने जनताहरुका लागी उहाँले गर्नुभएको दिर्घकालिन योजनाहरु, उहाँले गर्नुभएका योगदानहरु हामीबीचमा स्मरणमा छन् । ती स्मरणहरुलाई चीर स्थायी बनाउनकालागी जुन अमुल्य योगदान गर्नुभएको छ । म यो समारोहको बीचमा स्व. मेयरसाप प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हामीले यो कृति उहाँले राख्नुभएको धराने जनता प्रति राख्नुभएको कृति, नेपाल नेपाली बामपन्थी आन्दोलनमा पु¥याउनुभएको योगदानको कृति, समग्र देशकै लागी पुगेको क्षतिको चीर स्थायि स्मरण रहोस् भनेर हामीले कृति प्रकाशन गरेका हौ । यो कृति प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रबाट मुखको भरमा आजका प्रमुख अतिथी देशकै उप्रधानमन्त्री ज्यूले मैले मुखले फोन गरेकै भरमा तारा सुब्बाको स्मृतिमा लेख उपलब्ध गराउनु भयो । सम्माननीय राष्ट्रपति ज्यूले, सम्माननीय प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद् ज्यूहरुबाट जुन अत्यन्तै छोटो समयमा साथ पायौ । यसका लागी धरान उपमहानगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु ।
हामी निर्वाचित भइसकेपछि हामीले केही महत्वपूर्ण र गरिमामय निर्णय गरेका थियौ । ती निर्णयहरुले धराने जनताहरुको भाग्य र भविष्य निर्माण गर्ने, धरानको विकासका लागी केही महत्वपूर्ण कदमहरु चालिरहेका थियौ । तर बिचमा नै मेयरसाप वित्नुभयो । ग्राण्डी अस्पतालमा उपचारको क्रममा मेयरसापलाई ब्लडको आवश्यकता परेको रहेछ । संयोगवस मेरो र मेयरसापको ब्लड ग्रुप मिल्ने रहेछ । ब्लड खोजी गरिरहदा म आफै ब्लड दिन तयार भए । मैले २ वर्षदेखि ब्लड डोनेशन गरेको थिइन । त्यही दिन संयोग मिल्यो मेयरसापलाई ब्लड डोनेशन गर्ने अवसर पाए । दुःखको कुरा त्यो रगत काम लागेन । मेयरसापलाई बचाउन सकिएन । मेयरसाप मैले हजुरका लागी रक्तदान गरेको छु । हजुरलाई चाडै निको हुन्छ । भित्र आइसियुमा हुनुहुन्थ्यो बाहिरबाट मात्रै बोल्न पाइन्थ्यो । मेयरसापलाई मैले सोधे मेयरसाप मलाई भन्नुपर्ने कुरा केही छ । केही छ भने म भोली फर्कन्छु भनेपछि मेयरसापले ‘गर्नु त कति थियो थियो नि तर मैले यहाँबाट निस्कन पाइन भन्नुभयो । गर्नुपर्ने त धेरै कुरा त के के थियो थियो नि † अहिले यहाँबाट मलाई बाहिर सार्न पाए म धेरै कुरा शेयर गर्ने थिए । अहिले म केही भन्न सक्दिन तपाईले नै सबै कुरा गर्नुस् है ।’ भन्नुभयो । मेयर सापले मलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
त्यो जिम्मेवारी सम्हानका लागी जुन हामीले गरेका निर्णयहरु छन् । ति निर्णयहरुलाई कार्यान्वयन गर्नका लागी जुन महत्वपूर्ण निर्णय छ । धरान उपमहानगरपालिकाका १२ हजार सुकुम्बासीलाई व्यवसथापन गर्ने निर्णय ७५३ वटै स्थानीय तहमा कसैले सुरुवात गरेको छैन, त्यो धरानले गरेको छ । संस्थागत ढंगबाट नै प्रकृया अघि बढेको छ । यसको कार्यविधि नगर कार्यपालिका र नगरसभाले बनाएको छ । मलाई लाग्छ हामीले बनाएको आधारमा नेपाल सरकारले सुकुम्बासी आयोग निर्माण गर्ने हो भने त्यो हामीले बनाएको आधार महत्वपूर्ण बन्ने छ उदहरणीय बन्नेछ ।
त्यस्तै गरी स्व. तारा सुब्बाले गर्नुभएको महत्वपूर्ण निर्णय भनेको खानेपानीको व्यवस्थापनको लागी एउटा परियोजना एसियाली विकास बैंक, नेपाल सरकार र धरान उपमहानगरपालिकाको लगानीमा हुन लागेको यो खानेपानी आयोजना, जुन सम्पन्न हुन लागीरहेको छ । अब धराने जनताले पहिलाको जस्तो हाहाकार हुन पर्दैन । त्यसको लागी क्याबिनेट निर्णय भइसकेको छ । सर्वाेच्च अदालतमा परेको मुद्दा पनि फैसला भइसकेको छ । हामीले गरेको कन्ट्याक्टरलाई तिमिले तुरुन्त धराने जनतालाई डिजाइन अनुसार नै खानेपानी खुवाउनुपर्छ भनेका छौ । उनीहरुले पानी खुवाई सकेपछि मात्रै हामीले त्यो परियोजना ह्याण्डओभर लिने हो । अब हामी तुरुन्तै खानेपानी सहज गराउन आपूर्ती गराउन लागिरहेको कुरा जानकारी गराउँदछु । त्यस्तै गरी स्व. तारा सुब्बाको अगुवाईमा गरेको पहिलो निर्णय जुन बसपार्क निर्माणको निर्णय, त्यहाँ मलाई विवाद समाधान गर्ने जिम्मेवारी दिइएको थियो । अहिले त्यहा विवाद समाधान भइसकेको छ । अहिले दुवैपक्षका विचमा सम्झौता भएर डिपिआरको लागी अघि बढेको योजना डिपिआर समेत बनिसकेको छ ।
प्रदेश सरकारको सहकार्यमा स्मार्ट बसपार्क बनाएर प्रदेशकै नमुना बसपार्क निर्माण गर्ने चरणमा पुगिसकेका छौ । अहिले हामीले संयुक्त शिलान्यास गरेको फोहोर व्यवस्थापनको नेपालमै नमुना बायोग्यास प्लान्ट निर्माण गरेर सञ्चालनको लागी अन्तिम तयारीमा हामी जुटिरहेका छौ । हामी निर्वाचित भएको बेलामा खहरे करिडोरले दुःख दिएको थियो । हामीले खहरे करिडोरको व्यवस्थापनमा डटेर लाग्यौ, अहिले खहरेले दुःख दिएको छैन । यो वर्ष पनि खहरे करिडोर निर्माणमा लागेका छौ । सेउती सर्दुले दिएको दुःख र त्यो क्षेत्रमा बस्ने बासिन्दाको त्रासदीपूर्ण अवस्थाको अब अन्त्य हुदैछ । त्यसका लागी सहरी विकास मन्त्रालयबाट करिडोर निर्माणका लागी ठेक्का प्रकृया अघि बढेको छ । यसले गर्दा धरान सुरक्षित सहरको रुपमा विकास हुँदै गइरहेको छ ।
हाम्रो सहरलाई पर्यटकिय सहर बनाउने भनेर लागिरहेका छौ हामी । प्रदेश सरकारले पनि धरानलाई पर्यटनको केन्द्र मानेर जुन बजेट छुट्याएको छ यसका लागी प्रदेश सरकार र मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहान्छु । हामीले यो धरानको चिनारी पनि देश विदेशमा होस् भनेर गन्तव्य पुस्तिका बनाएका छौं । देश विदेशमा चिनारी गराइरहेका छौ । पर्यटन बोर्डले काठमाडौ र पोखरा अनि चितवनलाई मात्र पर्यटकिय क्षेत्र मानिरहेको अवस्थामा अबदेखि धरानलाई पनि पर्यटकिय सहर मानेको छ । इष्ट टुरिजम मार्ट यही धरानमा गर्न गइरहेका छौ ।
धरानको ऐतिहासिक ट्रेलहरु पहिचान गरी संस्थागत रुपमा विकास गर्ने योजना बनाएका छौ । विजयपुर गढी, सागुरीगढी, सुलिकोट लगायतका देविथान गढीलाई संरक्षण गरी युनिफिकेसन ट्रेल निर्माण गर्न माननिय रक्षामन्त्रीसँग समेत सहकार्य गरिने भएको छ । विभिन्न स्थानमा होमस्टे निर्माण गरेका छौ । हामी निर्वाचित भए आउँदा यो नगरको वार्षिक आम्दानी ८ करोड मात्रै थियो अहिले हामीले यसलाई बढाएर १८ करोड बढी पु¥याएका छौ । धरानको नगर गौरबको योजना भनेर हामीले विभिन्न योजनामा बजेट विनियोजन गरेका छौ । प्रदेश सरकार र संघिय सरकारसँग सहकार्य गर्ने गरी योजनाहरु अघि बढाइरहेका छौ । यही आर्थिक वर्ष धरानलाई बालमैत्री नगर घोषणा गर्दैछौ । यी कार्यहरु सम्पन्न गरिसकेपछि मात्रै स्व. मेयरसापको स्मररण चीर स्थायी हुनेछ । उहाँले अघि सार्नुभएका योजनाहरु पुरा गर्ने संकल्प पर्छु । स्व. मेयर तारा सुब्बा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved