सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उदेश्य अनुरुप मोरङ जिल्ला कटहरी गाउपालिका१, २, ३ र ६ मा बाढी पिडित १९५ घर परिवारलाई सैनिक श्रीमती संघ (नेपाली सेना) द्धावारा प्राप्त राहत सामाग्री निमित्त पूर्वी पृतनापति सहायक रथी यम प्रसाद ढकालले साउन १२ गते वितरण गर्नुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रमुख रमेश कुमार के.सी.,वडाका वडा अध्यक्ष राम कुमार कामत ,सुर्यदल गणका गणपति रघुनाथ पौडेल, श्रीमती संघका प्रतिनिधि, पत्रकार तथा समाजसेविहरुको उपस्थितीमा डुवान प्रभावित पिछडिएका विपन्न बर्गका पिडित परिवारहरुलाई राहत स्वरुप हरियो मण्डी गोटा २००, कोलो मेटे«स (पि फोम) गोटा १९५, टाटपोलिन गोटा २००, झुल गोटा २०० र मिनरल वाटर ४०० कार्टुन राहत सामग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved