विद्यार्थीको भविष्यसँग खेलबाड नगर !

  • प्रकाशित मितिः जेठ २२, २०७५
  • 1229 पटक पढिएको
  • Prakash

उपत्यकाका केही निजी विद्यालयहरू सोमबार बन्द गरिए । केही विद्यार्थी संगठनहरूले कथित ‘शैक्षिक हडताल‘ आह्वान गरेको बहानामा निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गरे । यसरी विद्यालय बन्द गर्दा लाखौं विद्यार्थीहरूको पढाइमा असर पर्छ । तर, विद्यार्थीका नाममा संगठित राजनीतिक दलका भातृ संगठनहरू र  स्तरीय शिक्षा प्रदान गर्ने नाममा अभिभावकलाई थलै पार्ने गरेर पैसा असुल्ने सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्दा विद्यार्थीको भविष्यमा पर्ने असरलाई उपेक्षा गरे । यसपटक साना पार्टीका भातृ संस्थाले विद्यार्थी जगत्मा आफ्नो राजनीतिक उपस्थिति देखाउन कथित शैक्षिक हडताल आह्वान गरे । ‘लडडु लडाएर झिल्ली झार्ने‘ लोककथाको भ्रष्ट कर्मचारीजस्ता जसरी पनि पैसा कमाउन पल्केका विद्यालय सञ्चालकले पनि मौका छोपे । केही निजी विद्यालय असुरक्षाको कारण देखाएर बन्द गरिए ।

 

निजी विद्यालयले मनपरी शुल्क लिएको विरोधमा शैक्षिक हडताल आह्वान गरेको साना पार्टीका विद्यार्थी संगठनले प्रचार गरेका छन् । केही पहिले कथित ठूला पार्टीका विद्यार्थी संगठनले पनि यही निहुँमा आन्दोलनको धम्की दिएका थिए । नयाँ सत्रमा विद्यार्थी भर्ना बेलातिर बर्सेनि यस्तै क्रियाकलाप हुनेगरेका छन् । विद्यालय सञ्चालकहरूले शुल्क बढाउँछन्, विद्यार्थी संगठहरूले आन्दोलनको नौटंकी गर्छनु र सरकारले बर्सेनि कुनै न कुनै रूपमा शुल्क नियन्त्रण गर्ने निर्देशन दिन्छ । निजी विद्यालय सञ्चालकले अभिभावकबाट असुल्ने रकममा भाग खोज्ने क्रममा नै विद्यार्थी संगठन र सरकारी कर्मचारीले बर्सेनि कलाविहीन नौटंकी दोहो¥याउने गरेका छन् । सायद, यी बुझेका कारण अभिभावकले यस नौटंकीलाई खासै वास्ता नगरेका हुन् । यसरी सधैँ सहने हो भने यस्तो दोहन नौटंकी बढ्दै जानेछ । यसैले अभिभावकहरूले पनि अब प्रश्न गर्न सुरु गर्नुपर्छ ।

 

विद्यालय सञ्चालकले विद्यार्थीसँग, खाजा शुल्कलगायतका लागि पैसा लिएका छन् । कतिपय विद्यालयमा त दिनको दुई हजार रुपियाँभन्दा बढी पनि विद्यार्थीबाट असुल गरिन्छ । एक दिन विद्यालय सञ्चालन गर्न नपर्दा ठूला विद्यालयलाई लाखौं रुपियाँ बचत हुन्छ । यसैले कुनै बेनाम संस्थाले आह्वान गर्नेबित्तिकै विद्यालय बन्द गर्न उनीहरू तयार भइहाल्छन् । त्यसरी जोगिएको पैसाको सानो अंश नै सायद विद्यार्थी नेता र सरकारी कर्मचारीको मुख बुझो लगाउन पर्याप्त हुन्छ । बन्द भएको दिनको बस भाडा र खाजा खर्चमात्रै पनि विद्यार्थीसँग लिन नपाइने भए यिनले विद्यालय बन्द गर्ने थिएनन् । बन्दको बहाना सुरक्षालाई बनाए नि खुलेका निजी विद्यालय सञ्चालनमा अवरोध भएको समाचार छैन । यसैले विद्यालय बन्द गर्नुको मूल कारण आर्थिक नै हो भन्ने स्पष्ट हुन्छ । सरकारले पनि विद्यालय बन्द गर्न नपर्ने वातावरण बनाउन सकेको छैन । सुरक्षा प्रबन्धप्रति विद्यालय सञ्चालकलाई विश्वस्त तुल्याएर शैक्षिक तालिकाअनुसारै विद्यालयमा पढाइ र परीक्षा हुने वातावरण सुनिश्चित गर्नुपर्छ । विद्यार्थीको भविष्यसँग कुनै पनि नाम र बहानामा खेलबाड गर्नु जघन्य अपराध हो । यस्ता अपराधीलाई समाजले सरकारले नदिए पनि दण्ड दिनुपर्छ ।     

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved