सुनसरीको मरिया खोलामा बांसे पुल,कहिले बन्ला त पक्की पुल

  • प्रकाशित मितिः साउन १५, २०७६
  • 1320 पटक पढिएको
  • समय अनलाइन


सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकको कार्यालय जोडने सडकमा मरिया खोला पर्छ खोलामा पुल नहुदा हरिनगर १ ,२ वडा रामनगर भुटाहाका वासिन्दाहरुको बारेमा गाउँपालिकाले चांसो देखाएको छैन । रामनगर भुटाहाका बासिन्दाका बिषयमा राज्यले चासो नदिदा उनीहरुले खोला तर्न शास्ती भोग्दै आएका छन। सुनसरी जिल्लाको सदरमुकाम इनरुवा जानको लागि हरिनगरा ,देवानगंज ,कप्तानगंज ,सहाबगंज आदि साबिकको गाविसहरुका जनतालाई जान मरिया खोलामा बर्षायाममा बर्षेणी बाटो तर्न आवतजावत गर्न समस्या झेल्दै आएका छन् ।
ति खोलाका सरकारले बनाउन लागेका पुल समयमा बन्न नसक्दा सर्बसाधारणले सास्ती खेप्नु परेको हो । यस्तो बिषयमा राज्य गम्भिर नहुदा कठिनाई भोग्दै आइरहेका छन।
राज्यको नियमनकारी निकायनै मौन रहेका कारण हरिनगर गाउँपालिक मात्र नभइ देवानगंज गाउँपालिका का बासिन्दाले सधै मरिया नदि खोला ले समस्या झेल्दै आएका छन् । सरकारी कर्मचारी ढिलासुस्ती र राजनैतिक दलका स्थानीय नेताको समेत लापरबाहीका कारण यस्तो बिजोग परेको हो।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अनुसार दीर्घकालीन बाटो राज्य स्तरले बनाउने भएकोले हामिले अल्पकालीन बैकल्पिक बाटो बनाइ तत्कालीन मरिया खोलाको छेउबाट माटो पुरी बनाउनेतर्फमा रहेको समस्यालाई निराधार गर्ने बताउछन।यसभन्दा पहिला हेम पाइप राखेका थियौ जुन पानीले बगाएपछि ओहोरदोहोरमा अप्ठ्यारो हुने र केहि दिन भित्रमा छेउबाट बाटो बनाउने हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए ।
स्थानीय बासिका अनुसार बाढीको बेला यस ठाउँको विद्यार्थीहरुले १८ दिन सम्म बिधालय पुगेन विद्यार्थीहरु लाई बिधालय सम्म पुगनको लागि बांसको पुल (चचरी) बनाएको हुन् । बांसको पुल (चचरी ) बनाउनको लागि स्थानीयबासिहरुको सहयोगमा १८ हजारको डलागी १०० जना मजदुर लगाएर ६ दिन भित्रमा बनाएको हो ।
सो बांसको पुल बाट ओहरदोहर गर्नेहरु संग मोटरसाइकल चालक संग रु २० ,साइकल चालक संग रु १०,पैदल यात्रुहरु संग रु ५ रुपैयाँ लिरहेको छ ।
स्थानीयहरु संग २००० बाँस मागएर पुल बनएको छ
गाउँपालिकामा हामीले बिल पेस गरेन हामीले बाँस को पुल अाफैन बनाएको छु ।
हरिनगर गाउँपालिक २ साबिक रामनगर भुटाहा ३ वडा ,हरिनगरा १ खडिटोला बाट बाँस मागेर लियाएर बनाएको हुन ।मरिया खोलामा बांसको पुल( चचरी ) बनाउने मुस्तफा मिया ( बन्ठा )ले बताए ।
कार्की बन्धु कन्ट्राकस्न प्रा. लि . ले पुलको ठिक्का पाएको दुई वर्ष भएको छ । कम्पनीले कामसुरु गरेको तर वर्षले सधैं प्रभावित परेको स्थानीय बासिन्दाले बताएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved