पूर्व राज्य मन्त्री स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन

  • प्रकाशित मितिः श्रावण १६, २०७६
  • 1833 पटक पढिएको
  • समय अनलाइन

धनकुटा । पूर्व राज्य मन्त्री तथा बहुआयमिक व्यक्तित्व हरीराज खेवा लिम्बुको तेस्रो स्मृती दिवसको अवसरमा पूर्व सूचना तथा सचार मन्त्री प्रतिनिधि सभाका सदस्य सुरेन्द्र कुमार कार्कीले धनकुटामा स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन गर्नुभयो ।
बिमोचनका अवसरमा उहाँले समाजबाद बाट मात्र नेपाली जनता संमृद्धी हुने भएकाले समाजबाद ल्याउनका लागी सवै एकजुट हुनु पर्ने बताउदै हरीराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थ प्रकाशित गरेरे स्वर्गीय हरिराज खेवालाई जिवन्त दिएको बताउनु भयो ।
कार्यक्रममा एक नम्वर प्रदेश सभाका न्याय प्रशासन, कानुन तथा विद्यान समितिका सभापति इन्द्रमण् ाी पराजुली, प्रदेश समा सांसद लिला सुब्बा, प्रदेश नम्वर १ का सांसद तथा प्रतिष्ठानका सचिव कुसुम कुमारी श्रेष्ठलगायतले हरीराज खेवाको अधुरो सपनालाई पुरा गर्न प्रतिष्ठान लाग्नु पर्ने बताउनु भयो ।
स्वर्गीय हरीराज खेवा तत्कालिन हात्तिखर्क गा.वि.स.मा २०५४ साल मा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । भने २०६४ सालमा नेकपा माओवादीको तर्फबाट धनकुटा क्षेत्र नं. २ वाट संविधान सभामा निर्वाचित भै अर्थ राज्य मन्त्री समेत हुनु भएको र नेकपा माओवादी केन्द्र धनकुटाको अध्यक्षको समेत जिम्मेवारी समाल्नु भएको उहाँका धर्मपत्नी तथा प्रतिष्ठानका संरक्षक गिता खेवाले बताउनु भयो । स्वर्गीय खेवा राजनिति, सामाजिक क्षेत्रका साथ साहित्यकार, नाट्यकर्मी, लेखक समेत हुनुहुन्थ्यो ।
हरीराज खेवा स्मृती प्रतिष्ठान धनकुटका अध्यक्ष बिष्णु वहादुर लिम्बुको अध्यक्षमा भएको कार्यक्रममा पूर्व सांस गोपाल गुरागाई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक चुवान, सातै स्थानीय तहका मेयर तथा उपमेयर, भाई भिम खेवा लिम्बु, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, जिल्ला प्रहरी कार्यालय धनकुटका प्रहरी उपरिक्षक सुर्दशन प्रसाद कोईराला, सशस्त्र प्रहरी वल ६ नम्वर गुल्मका प्रहरी नायब उपरिक्षक बालकृष्ण श्रेष्ठ, नेकपा धनकुटाका नेता तथा कार्यकर्तालगायतले स्वर्गीय खेवाको फोटोमा माल्यपर्ण गरी स्वर्गीय खेवा प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
ग्रन्थ बिमोचनका अवसरमा सातै स्थानीय तहमा मेयर तथा उपमेयरलाई सम्मान समेत गरिएको स्वर्गीय खेवाका धर्मपत्नी गिता खेवाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved