इटहरी । बढ्दो सहरीकरणसंगै मानिसहरुको बदलीदो जीवन शैलीका कारण व्युटी पार्लर व्यवसाय प्रति महिलाहरुको आकर्षण वढ्न थालेको छ । पछिल्लो समयमा पुर्व तराइमा समेत व्युटि पार्लर व्यवसाय खुल्नेक्रम वढी रहेको समयमा सुनसरीको इटहरीमा पेस्को मेकअफ स्टुडियो हेयर एण्ड व्युटि सेलुनको मिस नेपाल इनतरनेशनल २०१७ निती शाहले उद्घा
टन गरेकी छन ।
महिला सौन्दर्यता सम्वन्धीत केश वनाउने देखि मेकअफका सम्पुर्ण सुविधाहरु सहितको पेस्को मेकअफ स्टुडियो हेयर एण्ड व्युटि सेलुन इटहरीकै मनिता तामागंले सञ्चालनमा ल्याएकी हुन । आठ लाख रुपौयाको लागतमा व्युटि सेलुन सञ्चालनमा ल्याएको सञ्चालीका तामगंले जानकारी दिइन । ब्युटी सेलुनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी मिस नेपाल इन्टरनेशनल २०१७ शाह , इटहरीकी पुरानी व्युटिसीयन पञ्छी वाइवा, ओसीयन पार्कका सञ्चालक डम्वर तामागं,इटहरी लेडिज जेसिजकी अध्यक्ष मिनु न्यौपाने , व्यवसायी गायत्री भण्डारी लगायतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved