व्यापारीलाई 'धम्काएर ७५ लाख रुपैयाँ माग्ने पक्राउ'

  • प्रकाशित मितिः साउन १९, २०७६
  • 1294 पटक पढिएको
  • समय अनलाइन

काठमाडौः विभिन्न व्यापारीलाई फोन गरेर रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २४ का उदय गिरीलाई नियन्त्रणमा लिएको हो। ललितपुरका तीन जना व्यापारीलाई फोन मार्फत धम्की दिई पच्चिस पच्चिस लाख रुपैयाँ मागेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।‘ विभिन्न नम्बरको फोनबाट धम्की दिई रकम माग्ने गरेको जानकारी आएपछि नियन्त्रणमा लिएका हौँ।‘ एसपी ढकालले भने।

गिरीले भारतमा समेत पुगेर भारतीय नम्बरबाट फोन गरी रकम मागेको प्रहरीको अनुसन्धानमा खुलेको छ। गिरीले एक जना व्यापारीसित २५ लाख रुपैयाँ माग गरेका थिए। उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको एसपी ढकालले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved