दाजुभाइ जब एउटै चितामा जले...

  • प्रकाशित मितिः साउन १९, २०७६
  • 1146 पटक पढिएको
  • समय अनलाइन

शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका रामविलास साहका छोराहरु २० वर्षीय सुरेश र १८ वर्षीय शिवकान्त परिवार पाल्न वैदेशिक रोजगारमा जाने योजनामा थिए । तर, विदेश पुग्ने पर्याप्त रकम भएन ।
विदेश जाने रकमको जोहो गर्न उनीहरु काठमाडौं हानिए । उनीहरूले बालाजुस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्न थाले । काम सुरु गरेको १० दिन नबित्दै खानेपानीको ढलमा निसासिएर दाजुभाइकै ज्यान गयो ।

विदेश जाने पैसा कमाउन हिँडेका दाजुभाइको शव घर आइपुगेर एउटै चितामा जलाउनुपरेपछि यतिबेला परिवार मात्र होइन, सिंगो गाउँ शोकमग्न छ ।
वैदेशिक रोजगारीमा जान खर्च जुटाउन १० दिनअघि मात्रै उनीहरु बुबासँगै मजदुरीका लागि काठमाडौं गएका थिए ।

आमा र परिवारका सदस्यले छोराले कमाएको रकमको सट्टा मृत शरीर पाए । परिवारका सदस्यले उनीहरुलाई एउटै चितामा राखेर अन्त्येष्टि त गरे तर न अब कमाएर खुवाउने कोही छ, न कसैले क्षतिपूर्ति नै दिए ।
दाजुभाइको एउटै चितामा अन्त्येष्टि गरेपछि शोक मनाउन तथा घटनाको छानबिन र मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन दबाब दिँदै कनकपट्टी बजार र स्थानीय विद्यालय बन्द गरिएको स्थानीय तेजनारायण चौधरीले बताए ।
बुबा रामविलास र आमा रामबत्तीका दुवै छोराको यसरी ज्यान गएपछि उनको घर नै उजाडिएको छ भने सिंगाे गाउँ नै शोकमा छ । बालाजुमा आयोजनाको ट्यांकी सफा गर्ने क्रममा निसासिएर गत शुक्रबार शिवकान्त र सुरेशको ज्यान गएको थियो ।
‘ट्यांकीको ढलान खोल्न सुरुमा सुरेश पाइपभित्र पसेका थिए, उनी भित्रै ढलेपछि उद्धार गर्न गएका कान्छो छोरा शिवकान्त पनि भित्रै ढले,’ भक्कानिँदै बुबा रामविलासले भने, ‘होहल्ला गरेपछि जम्मा भएका स्थानीय, प्रहरी र डोजरको सहयोगमा उद्धार गरी दुवै छोरालाई महराजगन्ज शिक्षण अस्पताल पुर्‍याउन पनि डाक्टरले बचाउन सकेनन् ।’
उनले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपरभाइजरले छोरालाई जानाजान फसाएर ज्यान लिएको उनको गुनासो छ । उनका बाबुलाई सुपरभाइजरको नाम अमृत हो भन्नेसम्म मात्र थाहा छ ।
बालाजुस्थित सो आयोजनामा रामविलास भने २ महिनादेखि कार्यरत थिए । भाइ भने भर्खर एसईई पास गरेर काठमाडौं गएका थिए ।
रामविलासका दुवै छोरा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठमाडौंमा सँगै काम गर्ने छोराहरुले गरेको आग्रह स्वीकार्दै बुबाले काठमाडौं लगेका थिए ।
शाेकमा आइतबार बिहानैदेखि गाउँभरि चुलो बलेको छैन । राजपाका केन्द्रीय सदस्य दिनेशकुमार यादवले दुःखद घटनाका कारण गाउँमा चुलो नबलेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved