प्रहरी महानिरीक्षक खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप

  • प्रकाशित मितिः साउन १९, २०७६
  • 1242 पटक पढिएको
  • समय अनलाइन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को आइतबार सोही निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा दुरुस्त उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार प्रस्तुत गरी पीडितलाई न्याय दिन सक्नुपर्छ भन्नुभयो ।

उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

ik प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताउनुभयो । प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गर्नुभएको थियो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको आयोजना एवम् काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन र यूनिसेफको सहयोगमा संचालित १९ कार्यदिनको उक्त तालिममा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ५ जना, प्रहरी निरीक्षक १० जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved