उपकुलपतिलाई १ करोड बढीको भ्रष्टाचार मुद्दा

  • प्रकाशित मितिः साउन २०, २०७६
  • 1127 पटक पढिएको
  • समय अनलाइन

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उपकुलपति रौनियारविरुद्ध आइतबार विशेष अदालतमा सो बरावरको मुद्दा दायर गरेको हो । प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशील कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा उपकुलपति रौनियारले पटक पटक कमिसन बापत घुस लिएको अडियो भिडियो उजुरी अख्तियारमा परेको थियो ।

उपकुलपति रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशील कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट ८ लाख रुपैयाँ घुस मागेको उजुरीपछि आयोगबाट खटिएको टालीले उपकुलपति रौनियारलाई निवेदकबाट घुस रकम लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियार राख्न पठाएको अवस्थामा दुवै जनाई पक्राउ गरेको हो ।
रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा ९१० को कसुर गरेको सप्रमाण पुष्टि भएको भन्दै अख्तियारले बिगोसहित जरिवाना र कैदका साथमा नेपाल सरकारको विशिष्ट श्रेणीको पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी गरेको छ ।त्यस्तै भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved