परिवारले भन्यो : पत्रकार पुडासैनीको हत्या भएको हो, 'छानबिन हुनुपर्छ'

  • प्रकाशित मितिः साउन २१, २०७६
  • 377 पटक पढिएको
  • समय अनलाइन

साउन २१, २०७६ चितवन : चितवनको होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको हत्या भएको परिवारको दावी छ। सालिकरामका कान्छो भाइ राजु पुडासैनीले आत्महत्या नभई कसैले षड्यन्त्रपूर्वक हत्या गरेको बताएका हुन्।

उनले भने ‘एउटा खुट्टा खाटमाथि टेकिएको अवस्थामा रहनु, छेउमा अग्लो टेबुल रहुनु र कोठाको झ्याल खोलेर बाहिर जाने अवस्था रहनुले पनि हत्या भएको हुनसक्छ।’ उनले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्। सत्यतथ्य बाहिर नआउञ्जेल शव नबुझ्ने परिवारको भनाई छ।

उनका अनुसार पारिवारीक रूपमा केहि दिनअघि नयाँ काम गर्ने सल्लाह भएको थियो। राजुले सालिकरामले परिवारलाई चितवन जानेबारे जानकारी नगराएक बताए। माउण्टेन टिभीमा कार्यारत पत्रकार शालिकराम सोमबार राति कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी भरतपुर महानगरपालिकास्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर रुममा मृत फेला परेका हुन्।

उनको साथमा पत्रकार परिचय पत्र, सवारी चालक अनुमतिपत्र, नगद ५ हजार, २ वटा बैंकको एटिएम फेला परेको प्रहरीले बताएको छ। नुवाकोट विदुर नगरपालिका ३ घर भई हाल काठमाडौंमा टेलिभजन पत्रकारका रूपमा कार्यरत पुडासैनी सोमबार राति १०:१५ बजे उनी बसेकै रुममा मृत भेटिएका हुन्। माउन्टेन टिभीमा जानु अघिउनी न्युज २४ मा रवी लामिछानेसँगै काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved