माया घरलाई युवा विकास केन्द्रले दिने भयो मासिक पाँच हजार रुपैया

  • प्रकाशित मितिः श्रावण २२, २०७६
  • 1043 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरीस्थित माया घरलाई युवा विकास केन्द्रले मासिक पाँच हजार रुपैया दिने भएको छ । सोअनुसार बुधबार पाँच हजार रुपैया संस्थाका अध्यक्ष सञ्जय थारुले संस्थाकी अध्यक्ष तथा संस्थापक राधिका दासीलाई हस्तान्तरण गरे ।

माया घरमा आश्रय लिइरहेका महिला तथा पुरुषहरुको नियमित खर्च व्यवस्थापन गर्न सजिलो होस् भन्नाका लागि सहयोग गरेको थारुले बताए । उनले थप सहयोगका लागि पहल गरिदिनेसमेत आश्वासन दिए ।

इटहरी २ मा रहेको माया घरमा सडकमा बेसहारा भएका, मानसिक समस्या भएका महिला तथा पुरुषलाई ल्याएर राख्ने गरीएको छ । माया घरको भौतिक पूर्वाधार निर्माणाधिन छ । माया घरमा महिला तथा पुरुष गरेर अहिले झण्डै दुई दर्जन मानिस छन् । पुरुषलाई राख्नको लागि स्थान अभाव भएर बाहिर राख्नुपरेको संस्थाकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

उनले सहयोगि दाताहरुको खोजी भइरहेको र प्रदेश तथा स्थानीय सरकारसँग पनि सहयोगका लागि कुराकानी भइरहेको जानकारी दिइन् । माया घरको सहयोगको लागि व्यक्तिगत रुपमा मासिक एक हजार रुपैया अभियान पनि सुरु भएको उपाध्यक्ष राधिका थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved