ने क पासँग पार्टी एकता सम्भव छैन : फोरम

  • प्रकाशित मितिः जेठ २४, २०७५
  • 1011 पटक पढिएको
  • Prakash

काठमाडौं । संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (ने क पा)सँग पार्टी एकताको हल्ला निराधार रहेको भन्दै विज्ञप्ति निकालेर खण्डन गरेको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ने क पा र फोरमबीच एकता हुने हल्ला चल्न थालेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमार्फत् ने क पासँग तत्काल एकता सम्भवै नभएको जिकिर गरेका हुन् । 
“विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम नेपाल र ने क पाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ । तर, यसबीच फोरम नेपाल र ने क पाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिँदैछ,” विज्ञप्तिमा उल्लेख छ । 

 

“तथ्यहीन ढंगले आइरहेका गलत समाचारले भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved