नेकपाभाँडभैलोअसन्तुष्टिकाशीनाथ दंगाल मुख्य कारक

  • प्रकाशित मितिः श्रावण २३, २०७६
  • 1392 पटक पढिएको
  • समय अनलाइन

इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटी गठन भएको १ महिना पनि पूरा हुन नपाउँदै भाँडभैलो शुरु भएको छ ।

लामो समयदेखि पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि चुलिएको हो । त्यसको मुख्य कारकको रूपमा नवगठित नगर सचिव काशीनाथ दंगाल रहेका छन् ।

नेकपाभित्र उनको अस्वाभाविक पदोन्नतिले इटहरी नेकपामा हलचल मच्चिएको हो । त्योभन्दा बढी उनको व्यवहारको कारण नेकपा इटहरीभित्र ध्रुवीकरण बढिरहेको छ । केही दिन अघि सम्पन्न जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनमा नेकपाभित्रको विवाद छताछुल्ल भयो ।

साउन १४ गतेको लागि तोकिएको निर्वाचनमा सर्वसम्मत समिति गठन गर्ने सर्वदलीय निर्णय भयो । नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा र समाजवादी पार्टी नेपालबीच भद्र सहमति भयो । जसमा नेकपाको तर्फबाट उनै दंगालले वार्तासमितिको नेतृत्व गरेका थिए ।

नेकपाले अध्यक्ष चाहेमा दिन सकिनेमा अन्य दल राजी थिए । तर उनै दंगालले अध्यक्ष काङ्ग्रेसलाई लिन आग्रह गर्दै आफूहरू उपाध्यक्षमा चित्त बुझाउने गरी सहमति जनाए । त्यसपछि सर्वदलीय प्यानल तयार भयो । नेपाली काङ्ग्रेसले अध्यक्ष पाउने गरी भएको सहमतिप्रति नेकपाको अर्को खेमाले असन्तुष्टि जनायो । जसको नेतृत्व नेकपाका नेता रेवतीरमण भण्डारीले गरेका थिए । पूर्व संविधानसभा सदस्य समेत रहेका भण्डारी पार्टीले जिम्वेवारी दिए आफू अध्यक्ष हुने दाउमा थिए ।

भण्डारीकै भनाइ अनुसार केही समय अगाडि नेकपाको तर्फबाट जनता क्याम्पसको अध्यक्ष उनी बन्ने सहमति भएको थियो । तर आफू अध्यक्ष बन्ने भएपछि अर्काथरी नेता आफूलाई रोक्न लागिपरेको उनको बुझाइ थियो ।

दंगाल नेतृत्वको वार्ता समितिले साउन ८ गते नै काङ्ग्रेसलाई अध्यक्ष दिने सहमति गरिसकेको थियो । त्यसको विरुद्धमा भण्डारीले छुट्टै उम्मेद्वारी घोषणा गर्ने बताए । त्यसपछि पुन नेकपाको आन्तरिक बैठक बस्यो । जसले भण्डारीलाई अध्यक्ष मानेर जाने सहमति ग¥यो ।

भण्डारीलाई अध्यक्ष बनाउनैपर्ने लबिङमा प्रदेश १ का सांसद समेत रहेका अर्का नेता लीलम बस्नेत लागिपरे । उनले आफैँ निजी कार्यकक्षमा छलफल राखेर कुनै पनि हालतमा भण्डारीलाई अध्यक्ष बनाउन दबाब सिर्जना गरे ।

त्यसले नेकपाभित्रको समीकरण नै परिवर्तन गरिदियो । उनै बस्नेतले नेपाली काङ्ग्रेसलाई पनि भण्डारीलाई अध्यक्ष स्वीकार्ने वातावरण बनाए । त्यसपछि नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष बन्न लागेका विश्वप्रसाद रिजालले उम्मेद्वारी नदिने बताउँदै काङ्ग्रेसले पनि भण्डारीलाई स्वीकार गरेको घोषणा गर्यो ।

पार्टीको आधिकारिक टोलीले गरेको निर्णयको विरुद्धमा लागेको भन्दै दंगालले भण्डारीलाई कारबाही गर्ने चेतावनी दिए । त्यसपछि झनै धु्रवीकरण बढ्यो । पार्टी बैठकमै उनले दिएको धम्कीका कारण भण्डारी पक्षका नेता कार्यकता रुष्ट देखिन थाले ।

दंगाल नेकपा प्रदेश १ कमिटीका इन्चार्ज भीम आचार्य निकट मानिन्छन् भने भण्डारी र आचार्य एकअर्काका विरोधी हुन् । दंगाल उनै आचार्यको निर्देशनमा भण्डारीलाई रोक्न लागिपरेका थिए । स्थानीय नेता र कार्यकर्ताको समर्थन पाएका भण्डारी अन्ततः सञ्चालक समितिमा निर्वाचित भए । सर्वदलीय सहमति कार्यान्वयन भए उनी अध्यक्ष हुने पक्का भइसकेको छ । नेकपाले सञ्चालक समितिको नेतृत्व गर्ने मौका त पायो । तर पछिल्ला गतिविधिले नेकपा इटहरी तहसनहस बन्दै गइरहेको छ ।

२ वर्षको अन्तरालमा दंगालको वडा कमिटी मनोनित सदस्यदेखि नगर सचिवसम्मको यात्रालाई लिएर स्थानीय नेता रुष्ट देखिन्छन् । २०७४ सालमा तत्कालीन नेकपा एमालेको वडा नम्बर ५ को वडा सदस्य रहेका उनी १ वर्षको अन्तरालमा नगर कमिटीको सचिवालय सदस्यमा मनोनित भए । भीम आचार्यसँगको पारिवारिक साइनो पनि उनको राजनीतिक उन्नयनको मुख्य कारक हो ।

वडा कमिटीमा उनी सदस्य हुँदा अध्यक्ष रहेका वीरेन्द्र गौतम अहिले पदविहीन छन् । तर दंगाल भने जनता माध्यमिक विद्यालयको सञ्चालक समिति अध्यक्ष र नेकपा नगर कमिटी सदस्य छन् । आचार्यजस्तो शक्तिशाली नेताको साथ पाए पनि स्थानीय कार्यकर्ता भने उनीसँग रुष्ट छन् ।

अहिले उनी आचार्यको गुट स्थापित गराउन लागिपरेको नेकपाका नेता बताउँछन् । तर भण्डारीको पक्षमा प्रदेश सांसद बस्नेत लगायत अन्य नेता कार्यकर्ताको साथ छ । हाल नेकपा इटहरीमा पूर्व माओवादी केन्द्रका बहादुर सिंह तामाङ अध्यक्ष छन् । तर उनी पनि कम विवादित छैनन् ।

नेकपाका कार्यकर्ता भए पनि जनता क्याम्पसको सञ्चालकमा स्वतन्त्र उम्मेद्वारी दिएका हेमसागर तिम्सिनाको पक्षमा फेसबुक प्रचारको विषयमा आफ्नै कार्यकर्ता मिलन बास्तोलालाई स्पष्टीकरण सोधेपछि उनी विवादित बने । उनको विरुद्धमा युवा परिचालीत भए ।

हाल नेकपाभित्र अध्यक्ष र सचिवको कार्यशैलीलाई लिएर पूर्व एमाले र पूर्व माओवादी केन्द्र सम्बद्ध युवाको छुट्टै टिम बन्दै गएको छ । जसको नेतृत्व पूर्व माकेका युवा नेता मदन चुडालले गरिरहेका छन् । हालको नेतृत्वले अब पनि यो माहोललाई मत्थर पार्ने कोशिस नगरे असामान्य अवस्था आउन सक्ने नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved