केराबारी, मोरङको केराबारी गाउपालिकामा रहेको खोलामा खोला उत्खनन गर्दै गरेको अवस्थामा एक ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय केराबारीले को १ त ५९०९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार बिहान ९ बजे सो ट्याक्टर नियन्त्रणमा लिएको हो।
मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ स्थित खदम खोलामा अवैध रुपमा ढुंगा संकलन गरेर लाँदै गरेको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरिक्षक खड्ग राईले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
सभार: पुर्वी खबर
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved