इटहरी, पहिचान सहितको संघियता र स्वायतताका लागि संविधान सशोधन हाम्रो साझा अभियान , २५ औ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशिताका लागि हाम्रो आन्दोलन भन्ने मुल नाराका साथ भोली देश भर नेपाल आदिवासी जनजाती महासंघले २५ औ विश्व आदिवासी दिवस मनाउने तयारी गरिरहेको छ ।
यसै सन्दर्भमा नेपाल आदिवासी जनजाती महासंघ इटहरी सुनसरीले समेत भोली २५ औ आदिवासी दिवस मनाउने जानकारी आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रदेश नं १ का आर्थीक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोको प्रमुख आतिथ्यतामा भोली इटहरी चौकमा विभिन्न कार्यक्रम गर्दै उक्त दिवस मनाइने इटहरीका अध्यक्ष कर्णविक्रम लिम्बुले बताए ।
इटहरी स्थित खुकुरी होटलमा गरिएको पत्रकार सम्मेलनमा लिम्बुले विश्वभरका आदिबासी जनजातीहरु माथी सम्बन्धित औपनिवेशिक राज्यबाट नियोजित तरिकाले गरिरहेको राजनीतिक , भाषिक , सामाजिक, सस्कृतिक , आर्थीक, शैक्षिक विभेद तथा मानव अधिकार हनन लगायत सबैखाले उत्पिडनबाट मुक्ती दिलाउन सयुक्त राष्ट्र संघद्वारा सन १९९४ मा ( २५ वर्ष अघी ) घोषणा गरिएको विश्व आदिवासी दिवसलाई प्रत्येक वर्ष मनाउदै आईरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved