अब लाइनमा उभिनु नपर्नेयातायात कार्यालयमा

  • प्रकाशित मितिः साउन २३, २०७६
  • 1661 पटक पढिएको
  • समय अनलाइन

२२ साउन, विराटनगर ।
प्रदेश नम्बर १ को सरकारले यातायात ब्यवस्था कार्यालय झापा र सुनसरीलाई वायो मेट्रिक दर्ताकालागी टोकन मेशिन उपलब्ध गराइएको छ । कार्यालयहरुले गर्ने सेवाप्रवाहलाई सहज बनाउन प्रदेश न १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो दुई कार्यालयलाई टोकन मेशिन उपलब्ध गराएको हो ।

विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले कार्यालयका प्रमुखलाई सो मेशिन हस्तान्तरण गरेका हुन ।


सात लाख रुपैँयाको लागतमा मेशिन खरिद गरिएको सडक तथा यातायात व्यवस्था कार्यालयका प्रमुख ईन्जिनियर रेवतीरमण पराजुलीले बताए । लाइनमा उभिनुपर्ने झन्झटबाट सेवाग्रहीलाई मुक्त गराउन प्रदेशले सो मेशिन उपलव्ध गराएको भन्दै अन्य कार्यालयमा पनि यस्तै मेशिन उपलव्ध गराउने तयारीमा मन्त्रालय रहेको उनले बताए ।


टोकन मेशिन सुचारु भएपछि सेवाग्राहीलाई सहजता हुने इटहरीस्थित यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखाकी कार्यवहाक प्रमुख बिन्दाकुमारी नेपालले बताइन् । उनले मन्त्रालयले प्रदान गरेको मेशिनलाई एकसाता भित्र इन्सटल गरि सुचारु गरिने बताइन ।

मेशिनबाट टोकन सेवा सुचारुभएपछि विशेषगरि लाईसेन्स लिने क्रममा बायोमेट्रिककालागि आउने सेवाग्राहीलाई लामो समय लाम लागेर बस्नुपर्ने अवस्थाको अन्त्य भएर सहजता हुने उनले जानकारी दिइन् । सो कार्यालयमा दैनिक ३ सयदेखि ५ सय सेवाग्राही बायोमेट्रिककालागि पुुग्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved