एजेन्सी । फुटबलको महासंग्राम विश्वकप शुरु हुन केही दिन मात्रै बाँकी छ । विश्वकप कुन राष्ट्रले जित्ला ? भन्ने कौतुहलताले यतिबेला सबैलाई लागेको छ ।
फुटबलप्रेमीले यो विश्वकपको उपाधि सम्बन्धि विभिन्न आँकलन गरेका टिममध्ये स्पेन पनि हो । सन् २०१० को विश्वकप विजेता स्पेन दोस्रो पटक उपाधिका लागि बलियो दाबेदारका रुपमा स्पेनका समर्थकको नजर छ ।
सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना गरिएको विश्वकप बिजेता स्पेन यसपटक पनि च्याम्पियन बन्न सक्छ वा सक्दैन भन्ने विभिन्न खाले तर्क भइरहेका छन् । तर, स्पेनसँग सन् २०१० को विश्वकप जित्दा आन्ड्रेस इनिएस्टा, डेभिड भिल्ला र सर्जिओ रामोस जस्ता स्टार खेलाडी थिए । भने रसिया विश्वकपमा स्पेनका स्ट्राइकर डेभिड भिल्ला छैनन् । तर, इनिस्टा, रामोश लगायतका खेलाडी टिममा रहेकाले स्पेनलाई विश्वकपको ट्रफि उचाल्ने बलियो टोलीका रुपमा हेरिएको छ ।
स्पेनका रसिया विश्वकपमा उत्कृष्ट खेलाडी इनिएस्टा, सर्जिओ रामोस र डिएगो कोस्टा स्पेनको पहिलो रोजाइका खेलाडी हुन् । त्यसो त इनिएस्टा लागि रसिया विश्वकप अन्तिम विश्वकप पनि हो ।
यस्तो छ विश्वकपमा स्पेनको इतिहास
स्पेनको विश्वकपमा इतिहास भने पुरानै छ । इटालीमा सम्पन्न भएको दोस्रो विश्वकप सन् १९३४ देखि सहभागिता जनाएको स्पेनले अहिलेसम्म १ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ । विश्वकपमा पहिलो पटक स्पेनले सहभागिता जनाउँदा स्पेनले आफ्नो उपस्थिती बलियो देखाएको थियो । विश्वकपको पहिलो खेलमा ब्राजिललाई ३—१ गोल अन्तरले पराजित गरेको थियो ।
क्वाटरफाइनलमा इटालीसँग १—० गोलले पराजित भएपछि खेलबाट बाहिरिएको थियो । सन् १९३८ मा विश्वकपमा भने स्पेन छनोट हुन सकेन । दोस्रो विश्व युद्धको कारण १२ वर्षपछि सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा स्पेन चौथो भएको थियो ।
स्पेनले समूह चरणमा अमेरिकालाई ३—१ ले, चिलीलाई २—० ले र इंग्ल्याण्डलाई १—० गोलअन्तरले पराजित गरेको थियो ।
फाइनल राउण्डमा भने स्पेन उरुग्वेसँग २—२ गोलको बराबरीमा रोकिएनपनि ब्राजिलसँग ६—१ र स्वीडेनसँग ३—१ गोलअन्तरले पराजित भएको थियो । सन् १९५४ र १९५८ को विश्वकपमा भने स्पेन छनोट हुन सकेन । सन् १९६२ र १९६६ मा समूह चरणबाटै बाहिरिएको स्पेन १९७० र १९७४ मा पुनः छनोट हुन सकेन ।
सन् १९८२ को विश्वकप भने स्पेनले पहिलो पटक आयोजना गर्न पाए । आफ्नै भूमिमा भएको विश्वकपमा स्पेन दोस्रो चरणभन्दा माथि पुग्न सकेन । सन् १९८६ को विश्वकपमा भने स्पेनले क्वाटरफाइनलसम्मको यात्रा तय ग¥यो तर क्वाटरफाइनलमा बेल्जियमसँग पेनाल्टी सुटआउटमा ५–४ ले हार्दै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९९० मा अन्तिम १६ सम्म पुगेको स्पेनको विश्वकप यात्रा सन् १९९४ को मा भने फेरी क्वाटरफाइनलमै सीमित बन्यो । यसबेला स्पेन क्वाटरफाइनलमा इटालीसँग २–१ गोलको सिकार बनेको थियो ।
१९९८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २००२ को विश्वकपमा फेरी क्वाटरफाइनल मै पराजित हुन पुगेको थियो । यसपटक भने आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै स्पेन क्वाटरफाइनलबाट बाहिरिएको थियो । सन् २००६ मा जर्मनीमा भएको विश्वकप समूह चरण पार गर्न नसकेको स्पेन अन्ततः २०१० को भने उपाधि चुम्न सफल भयो । यस पटक भने फाइनलमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले इतिहास रचेको थियो । यो खेलमा नायक बनेका थिए सन्यासको संघारमा रहेका आन्ड्रेस इनिएस्टा । उनकै गोलमा स्पेनले उपाधि चुमेको थियो ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । रसिया विश्वकप २०१८ मा भने स्पेनले कस्तो प्रदर्शन गर्ला ?
यी हुन् स्पेनका भरपर्दा खेलाडी
आन्ड्रेस इनिएष्टा
दक्षिण अफ्रिकामा सम्पन्न भएको २०१० को विश्वकपको उपाधि पहिलो पटक स्पेनले जित्दा इनिएस्टा नायक बनेका थिए ।
समूह चरणको खेलमा चिलीलाई २–१ गोलअन्तरले स्पेनले पराजित गर्दा इनिएस्टाले पनि गोल गरेका थिए । कठिन चुनौतिलाई पार गदै फाइनलसम्म पुगेको स्पेन इतिहास रच्नबाट एक कदम पछि थियो । जसमा फाइनलमा स्पेनले नेदरल्याण्ड्स विरुद्ध विश्वकपको उपाधिको लागि प्रतिस्पर्धा गर्नु पर्ने थियो ।
जुलाई ११, २०१० स्पेनको लागि अविस्मरणीय दिन हो । यो दिन स्पेनिसहरूले सधै सम्झिरहने दिन पनि हो । फाइनल खेलमा इनिइस्टाको गोलबाट स्पेनले नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो । त्यतिबेला हिरो सावित भएका इनिएस्टा अहिले आफ्नो फुटबल करिअरको उतरार्धमा रहेको छ ।
२०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । यो विश्वकपमा भने इनिएस्टाको जादु चलेन । ३४ वर्षीय मिड्फिल्डर इनिएस्टाले सन् २००६ देखि विश्वकप अहिलेसम्म ३ वटा विश्वकप खेलिसकेका छन् भने यो विश्वकप उनका लागि अन्तिम हो । सन् १९९४ देखि फुटबल करिअर थालेका इनिएस्टाले केही दिनअघि मात्रै बार्सिलोनालाई स्पेनिस ला लिगा लिगको उपाधि दिलाएर विदा भएका थिए । २२ बर्ष सम्म बार्सिलोनाबाट खेलेका इनिएस्टा अहिले जापानिज क्लब भिसेल कोबीमा आवद्ध छन् ।
सर्जिओ रामोस
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न भएको विश्वकप फुटबलको उपाधि स्पेनले पहिलो पटक जित्दा मुख्य खेलाडी थिए, सर्जिगो रामोस । उनले बललाई पाउपछि सटिक पास निकाल्दै विपक्षीको गोलपोष्टसम्म प्रवाभकारी तरिकाले पु¥याउने गर्छन् ।
सन् २००५ देखि राष्ट्रिय टिममा परेका ३२ वर्षीय रामोसको यो विश्वकप चौथो हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि रामोसले विश्वकप खेल्न थालेका हुन् । उनले खेलेको पहिलो विश्वकप २००६ मा स्पेन अन्तिम १६ सम्म पुगेको थियो । अन्तिम १६ मा फ्रान्ससँग १–० गोलअन्तरले पराजित भएसँगै स्पेनको विश्वकप यात्रा समाप्त भएको थियो ।
सन् २०१० को विश्वकपको उपाधि स्पेनले उचाल्दा डिफेन्स लाइन रामोसले सम्हालेका थिए । विश्वकपको उपाधि स्पेनले जित्दा उनको मुख्य भूमिका थियो । रक्षापंति निकै कडा बनाउदै विपक्षी टिमका फरवार्डलाई चल्न नदिएको रामोसले सन् २०१४ को विश्वकप फुटबलमा भने राम्रो गर्न सकेनन् । यो विश्वकपबाट भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।
फिफाले आयोजना गर्ने प्रतियोगितामा रामोसले अहिलेसम्म ५४ खेलबाट ७ गोल गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका कप्तान समेत रहेका रामोसले केही दिनअघि उनकै कप्तानीमा रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
डिएगो कोस्टा
डिएगो कोस्टा स्पेनका भरपर्दा खेलाडी हुन् । सन् २०१४ बाट टिममा डेब्यु गरेका कोस्टा यो विश्वकपमा स्पेनका सशक्त खेलाडीका रुपमा रहेका छन् ।
कोष्टा त्यस्ता खेलाडी हुन्, जसले दुई देशबाट फुटबल खेलेको अनुभव छ । त्यो पनि ब्राजिल र स्पेनबाट । अहिले उनले स्पेनबाट फुटबल खेल्ने गरेपनि त्यो भन्दा अघि नै ब्राजिलबाट अन्तर्राष्ट्रिय खेल खेले । सन् २०१३ मा कोष्टाले ब्राजिलबाट दुई खेल खेलेका थिए । तर यही वर्ष उनी स्पेनिस नागरिक हुदै स्पेनको बाट खेल्न थाले ।
सन् २०१४ ब्राजिलमा भएको विश्वकपमा स्पेनको यात्रा विर्सन लायक बन्यो भने कोष्टाको पनि प्रदर्शन फितलो थियो । विश्वकपमा कोष्टाले जम्मा २ खेल मात्रै खेल्न पाएका थिए ।
स्पेन समूह चरणबाटै बाहिरिदा कोष्टाले चिलीसँग २–० गोलअन्तरले पराजित हुदा र नेदरल्याण्डसँगग ५–१ गोलअन्तरले पराजित हुदा कोष्टाले खेल्न पाएका थिए । चिली विरुद्धको पहिलो खेलमा कोस्टाले ६४ मिनेट खेलेका थिए । त्यस्तै, नेदरल्याण्ड्स विरुद्ध पनि कोष्टाले ६२ मिनेटसम्म मैदानमा विताएका थिए । तर उनले कुनै गोल गर्न सकेनन् ।
विश्वकप २०१८ को छनोटमा भने डिएगो कोष्टा चम्के । उनको महत्वपूर्ण भूमिकामा स्पेन विश्वकपमा प्रवेश गरेको हो । विश्वकप छनोटको ५ खेलमा कोष्टाले ५ गोल गरेका थिए । रसिया विश्वकपमा स्पेनका तर्फबाट सशक्त खेलाडीका रुपमा हेरिएका कोष्टाले कस्तो प्रदर्शन गर्लान् ?
विश्वकपका लागि स्पेनिस टोली
गोलकिपर : डेभिड डि गेय, केपा एरिजोलागा, पेपे रिना रहेका छन् ।
डिफेन्डर : डेनी कार्भजल, एल्भारो ओड्रिओजोला, जेरार्ड पीके, सर्जिओ रमोस, नाचो फर्नान्डेज, सेसर एज्पिलिक्युटा, जर्डी अल्वा, नाच मोनरियल रहेका छन् ।
मिड्फिल्डर : सर्जियो बस्वेट्स, साउल निगुएज, आन्ड्रेस इनिएष्ट्रा, थिएगो अल्बान्टारा, इस्को, मार्को एसेन्सिओ, डेभिड सिल्भा र कोके रहेका छन् ।
फ्वार्ड : लुकास भिक्वेज, डिएगो कोष्टा, रड्रिगो, लेगो एस्पास रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved