सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा

  • प्रकाशित मितिः साउन २६, २०७६
  • 1302 पटक पढिएको
  • समय अनलाइन

सुरुङ्गा, साउन २५ । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो । पक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । उनले भने, “रेडियोलोजिष्ट देवले दश वर्षअघि डा साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।” पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरीद गरेको बताइन्छ । रेडियोलोजिष्ट देवले खरीद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा साहसँग नै रहेको बताइएको छ । तर, डा देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा साहले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved