तेस्रो पटक फेरी नाम लेखाएगिनिज बुकमासशस्त्र प्रहरी

  • प्रकाशित मितिः श्रावण २७, २०७६
  • 1141 पटक पढिएको
  • समय अनलाइन

खोटाङको राजापानीका दिनेश सुनारले ‘पार्कर’ विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ह्याट्रिक अर्थात् तेस्रो पटक नाम लेखाएका छन् । गिनिज बुकको अफिसियल वेभसाइटले उनको नाम दर्ता गराएको जानकारी दिएको छ, प्रमाणपत्र आउन बाँकी छ ।

दुई पटकसम्म नाम लेखाएपछि आफू कार्यरत सशस्त्र प्रहरी बलले वास्ता नगरेपछि सुनारले अघिल्लो महिना राजीनामा दिएका छन् । उनले अब यहि पार्कर विधामा नै नेपालको नाम उच्च बनाउने लक्ष्य लिएका छन् ।


यसरी गिनीज बुकमा एकै विधामा तीन पटक वर्ल्ड रेकर्ड राख्ने सुनार सम्भवतः पहिलो नेपाली हुन् । पछिल्लो पटक सुनाले ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स वाल इन ३० सेकेन्ड’मा सबैको रेकर्ड तोडेर नाम लेखाएका हुन् ।

आधा मिनेटमा १२ पटकको विश्व रेकर्ड कायम गरेको उल्लेख छ । उनी भन्छन्,‘विश्वमा परिचय स्थापित गराउने व्यक्तिगत चाहना भन्दा पनि मुलुकको नाम दाखिल होस् भन्ने महत्वकांक्षा थियो, अहिले गर्वले छाती चौडा भएको छ ।’

उनको यहि कला देखेर वर्ल्ड फ्रि रनिङ पार्कर फेडेरेशनले अमेरिकामा निम्तो गरेपछि केही समय फ्लोडिरामा बसेका थिए । पार्कर भनेको जिम्न्यास्टिक खेल जस्तै सहासिक र चुनौतिपूर्ण खेल हो ।

सुनार थप्छन्,‘अब विश्वसामु नै आफ्नो खेलको परिचय स्थापित गराउन मन छ, नेपालमा यस विषयमा अझ प्रभावकारी ढंगले बुझाउनुपर्ने देखिएको छ ।’

सशस्त्र प्रहरी बलले मात्र नभई सरकारले पनि उनको खेललाई खासै महत्वका साथ लिएको देखिएन जबकि, यहि विधामा उनले पटक–पटक नाम लेखाइसकेका थिए । सुरुका दिनमा संगठनले केही गर्लाजस्तो राखे पनि ३७ हजार सशस्त्र प्रहरी कर्मचारीमा पहुँच र प्रभाव राख्न सक्ने उनको आधार थिएन ।

प्रहरी जवानको पदमा १० बर्षसम्म जागिर खाए तर संगठनले खासै वास्ता नगरेपछि राजीनामा दिएका उनी जोड्छन्,‘तर पनि नेपालको सुरक्षा क्षेत्रमा म जस्ता निक्कै छन्, केही सहयोग र सपोर्ट अवश्य पाउँछन् भन्ने विश्वासचाहिँ छ ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved