'शरीर बन्धक मुद्दामा महिला पक्राउ'

  • प्रकाशित मितिः श्रावण २७, २०७६
  • 989 पटक पढिएको
  • समय अनलाइन

मोरङको सुनवर्षी नगरपालिका बस्ने एक किशोरी अपहरणमा संलग्न महिलालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले सोमबार पत्रकार सम्मेलन गरेर ती महिलालाई सार्वजनिक गरेको हो ।

उनलाई गत फागुन २ गते राति सुनवर्षी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई राति २ बजे घरबाटै अपहरणमा गरेको आरोप छ । रंगेली प्रहरीमा पीडित परिवारले दिएको जाहेरीको आधारमा साउन दोस्रो सातादेखि प्रहरीले अनुसन्धान जारी राखेको थियो ।

इप्रका रंगेलीका प्रहरी निरीक्षक लेखनाथ प्रसाद दाहालले भने, ‘‘अपहरण तथा शरीर बन्धक र जर्बजस्ती करणी मुद्दा दायर गरी अनुसन्धान थालिएको छ ।’’ प्रतिवदी मध्येका सोही स्थान बस्ने वर्ष ३६ की गीता ऋिषिदेवलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपिएको दाहालले बताए । उनका अनुसार नौ जना आरोपी मिलेर ती किशोरीलाई ‘भारतको विभिन्न सहरमा लगेर करणी गरेको र तीन सय जनासम्मको लागि रोटी पकाउने काममा राखेको र काम राम्रो नभएपछि शरीरको विभिन्न भागमा तातो पन्यूले डाम्ने काम गरेको’ उजुरी परिवारले प्रहरी समक्ष दिएका छन् ।

पाँच महिनापछि भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा भारतको पञ्जावबाट ती किशोरीलाई उद्दार गरेर ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त अभियोगमा अझै नौ जना फरार रहेको र खोजी कार्य भईरहेको रंगेली प्रहरी जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved