त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अवैध सुनसहित पक्राउ

  • प्रकाशित मितिः साउन ३०, २०७६
  • 1348 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं- नेपाल वायुसेवा निगमका कर्मचारी नै सुनको अवैध कारोबारमा संलग्न रहेको भेटिएको छ। निगममा कार्यरत कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अवैध सुनसहित पक्राउ गरेसँगै यो रहस्य खुलेको हो।

साउन २२ गते मलेसियन एयरको एमएच-०१७० उडानमार्फत क्वालालाम्पुरबाट काठमाडौं आएका विश्वासले आफ्नो साथमा २०० ग्राम (करिब १७ तोला) अवैध सुन ल्याएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ। विश्वासले ५० ग्रामका ४ वटा सुनका बाला हातमा लगाएर ल्याएका थिए। भन्सारले विश्वाससँगै ११ लाख ९० हजार रुपैयाँ पर्ने सुनका बाला नियन्त्रणमा लिएको छ।

एउटा बाला देखिने गरी र बाँकी ३ वटा बाला कपडाले छोपिने गरी लगाएको अवस्थामा भन्सारले विश्वासलाई नियन्त्रणमा लिएको हो। कानुनअनुसार एउटा मात्रै बाला लगाएर आउन पाइन्छ, तर निगमकै कर्मचारीले ४ वटा बाला लगाएर आउनु त जानबुझ गलत गर्न खोजेको प्रष्ट हुन्छ, विमानस्थल स्रोतले भन्यो।

बम
भन्सारले विश्वासलाई नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको छ। स्रोतका अनुसार विश्वासमाथिको अनुसन्धान अघि बढाउन ७ दिन म्याद थपिएको छ। हामी अनुसन्धाको अन्तिम चरणमा छौँ, स्रोतले भन्यो, यो विषयमा तयार भएको प्रारम्भिक प्रतिवेदन पनि अध्ययन भइरहेको छ।

भन्सार प्रशासनले अध्ययनका क्रममा विश्वाससँग ३ दिन बयान लिएको थियो। बयान र अनुसन्धानले विश्वास यसअघि पनि त्यस्तै गतिविधिमा संलग्न रहेको पाइएको स्रोतले दाबी गरेको छ। एकपटक चुरोट र अर्को एक पटक यस्तै वस्तुको अवैध कारोबारमा संलग्न रहेको भेटिएको छ, भन्सार स्रोतले भन्यो, अहिलेसम्मको विवरण हेर्दा उनले पटक(पटक यस्तै अवैध कारोबार गरेको भेटिएको छ।

विश्वास निगमको ग्राउन्ड अपरेटरको रुपमा कार्यरत छन्। विमानस्थल भन्सारका अधिकारीहरु वायुसेवा सञ्चालककै कर्मचारीहरुबाट कानुन विपरीतका काम बेलाबखत हुने गरेको बताउँछन्। हाम्रोमा कस्तो कानुन कार्यान्वयन भइरहेको छ भन्ने बारेमा सबैभन्दा जानकार उनीहरु नै हुन्छन् र उनीहरुबाटै कानुनको उल्लंघन भइरहेको छ, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved