एसपी दानबहादुर मल्लविरूद्ध उजुरी दिन निकिता

  • प्रकाशित मितिः भदौ ४, २०७६
  • 993 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं, भदौ ४ : सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दुई पत्रकार र चितवनका एसपीविरूद्ध दिएको उजुरी लिन प्रहरीले अस्वीकार गरेको छ।
रविको मुद्दामा विद्युतीय प्रमाण कीर्ते गरेको भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइराला र चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लविरूद्ध उजुरी दिन निकिता बुधबार महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन्।
तर, प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै चितवन जान निकितालाई सुझाव दिएको छ। पुडासैनीको आत्महत्या प्रकरण, बाहिरिएको भिडियो र आरोपीहरुमाथि चितवन प्रहरीले नै छानविन गरिरहेकाले काठमाडौंबाट हेर्न नमिल्ने भएकाले चितवन नै जान सुझाव दिइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रविसहित तीन जना प्रहरी हिरासतमा छन्। उनीहरूलाई पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियोका आधारमा पक्राउ गरिएको थियो।
प्रहरीमा उजुरी दिँदै रवि पत्नी निकीता पाैडेल।
प्रहरीमा उजुरी दिँदै रवि पत्नी निकीता पाैडेल।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved