सुनसरीको रामधुनी नगरपालिका ८ मा धेरैजसो सुकुम्बासीबस्ती र निम्न वर्गका मानिसहरुको बसोबास छ । यो वडाका धेरै समस्याहरु जनप्रतिनिधि आएपछि समाधान हुने क्रममा छन् । विकास निर्माणका काम अघि बढिरहेको छ । वडाको विकासको अवस्था तथा योजनाको विषयमा वडाध्यक्ष
आजभोली के कार्यमा व्यस्त हुनुहुन्छ ?
भर्खरै आएको अविरल वर्षाका कारण भएको क्षतिको कारण बाटोघाटो, पुलपुलेसाहरु भत्कीएका छन् । तिनीहरुलाई पहिलेकै अवस्थामा ल्याउने काममा व्यस्त छु ।
वडाको विकासको अवस्था कस्तो छ ?
अघिल्लो आर्थिक वर्षको कामहरु हामीले सम्पन्न गरेका छौं । यो आर्थिक वर्षको कामहरु सुरु भएका छैनन् । अघिल्लो आर्थिक वर्षको कामहरु हेर्दा वडामा विकासको अवस्था धेरै सुधारिएको छ । जनप्रतिनिधिहरु आएपछि वडाको विकास राम्रो गतिमा अगाडि बढिरहेको छ ।
वडाको विकासमा कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
अहिलेको यो वडा साविकको डुब्राह गाउँविकास समिति दुलोधुलो गाउँविकास समिति थियो । यो वडामा धेरै गाउँ तथा बस्ती भएको कारणले गर्दा यहाँका बाटोहरु तथा भौतिक पूर्वाधारलाई नै हामीले पहिलो प्राथमिकता दिएका छौं । जनताहरुबाट पनि भौतिक पूर्वाधार निर्माणकै माग भइआएकोले पहिलो प्राथमिकता बाटो, पुल निर्माण गर्नु हो । त्यसपछि अन्य सामाजिक, आर्थिक क्षेत्रको विकासमा हामी लागि परेका छौं ।
वडाका मुख्य समस्याहरु के–के छन् ?
यो वडामा समस्याहरु धेरै छन् । पहिलो समस्या तथा चुनौती भनेको आर्थिक पछौटेपन हो । यस समस्या समाधानका लागि हामीले नगरपालिकाको बजेट तथा नीति भित्र वडाका योजनाहरुलाई पनि समावेश गर्दै वडाको आर्थिक समस्यालाई समाधान गर्ने काममा लागि परेका छौं ।
के भयो भने वडाको विकास चाँडो हुन्छ ?
वडाको विकासका लागि वडावासी तथा वडाको सहकार्य तथा समन्वय हुन जरुरी छ । जनताहरुको सहयोगबाटै वडाको विकास सम्भव छ । यस्तै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच एकआपसमा समन्वय भयो भने वडाको विकास चाँडो हुनेछ भन्ने मलाई लाग्छ । यसैगरि वडाको विकासमा हाम्रो भूमिका पनि अत्यन्त जरुरी छ । हामीले वडाको विकासका लागि एकचित्त भएर काम गर्नु पर्छ ।
वडाको आगामी योजनाहरु के–के छन् त ?
यस वडाका भौतिक पूर्वाधारको विकास गर्ने वडाको आगामी योजना हो । किनकी हामीले उत्पादन गरेका वस्तुहरु बजार सम्म पु¥याउन साथै उपचार गर्न जान बाटोघाटो तथा पुलको आवश्यक पर्दछ । पहिला यी पूर्वाधारको विकास गर्न सकियो भने मात्र वडाको विकास गर्न सजिलो हुन्छ । यो वर्षको योजना भनेको भौतिक पूर्वाधारको विकास गर्ने नै छ । यस्तै अन्य योजना भनेको यो डुम्ब्राह पहिलाको परिचित ठाउँ हो । यो ठाउँलाई चिनाउनका लागि साँस्कृतिक परिचय दिनका लागी स्तम्भ तयार गर्ने हाम्रो योजना छ । त्यसका अलावा स्वास्थ्यको क्षेत्रमा हामीले स्वास्थ्य चौकीको भवन निर्माणमा गरिरहेका छौं । स्वास्थ्य सम्बन्धी कार्यक्रम हुँदा हलहरु थिएन, उक्त हलको पनि निर्माण भइरहेको छ । प्रत्येक हप्ता एउटा टोलमा हेल्थ क्याम्प गर्ने योजना छ । त्यस्तै गरिबहरुलाई आवासका लागी बस्तीहरु निर्माण गरिरहेका छौं ।
वडाको विकासको लागि कोसँग के आग्रह र माग राख्नु भएको छ ?
वडाका योजनाहरुलाई हामी नगरपालिकामा पठाउँछौं । नगरपालिकाबाट प्राप्त बजेटबाट यहाँका योजनाहरु कार्यान्वयन हुन्छन् । यहाँका सबै योजनाहरु नगरपालिकाको बजेटले पुरा गर्न सक्दैन । नगरपालिकाबाट पुरा नभएका ठुला योजनाहरुलाई हामी प्रदेश सरकार र संघीय सरकारमा पु¥याउने गर्छौं । प्रदेश सरकार र संघीय सरकारमा पुगेका योजनाहरु कतिपय स्वीकृत भएका छन् भने कतिपय भएका छैनन् । कृषिको क्षेत्रमा, हटिया बजार व्यवस्थापनमा तथा नदि नियन्त्रणका लागि प्रदेश सरकार र संघीय सरकारबाट बजेट विनियोजन भएको छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
समग्रमा हामी जनप्रतिनिधि आएको दुई वर्ष भएको छ । जनताको आवश्यकता अनुसार हामीले काम गरिरहेका छौं । अब पनि विकासका काममा लागि पर्ने नै छौं । नयाँ जनप्रतिनिधि भएको कारणले गर्दा अघिल्लो आर्थिक वर्षमा धेरै कामहरु छुटपुट हुन पुगे होला । अबको आर्थिक वर्षहरुमा विकास निर्माणका कामहरु लागि परेर गर्नेछौं ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved