सुनसरीको एलाभेन एरोजलाई पाथीभरा गोल्डकप

  • प्रकाशित मितिः भदौ ७, २०७६
  • 1380 पटक पढिएको
  • समय अनलाइन

ताप्लेजुङ । यो पटकको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ ।

झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो । जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ ।

उपविजेता रेडस्टार झापाले ट्रफीसहित नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्‍यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेपनि रेडस्टारले ६१ औँ मिनेटमा अग्रता लियो । उसका लागि योगेश गुरुङले गोल गर्दै टिमलाई १–० को स्थितिमा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा एलाभेन एरोज सुनसरीका यानिक ओनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

४ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको उपाधिसमेत जित्न सफल भए । खेलको ८७ औं मिनेटमा रेडस्टारका लागि मिलन राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारे भने एलाभेन एरोजका लागि इञ्जुरी समयको ४ मिनेटमा समन राईले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याए ।

टाइब्रेकरमा सुनसरीले झापालाई ४–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved