अदालतले रवीलाई पुर्पक्षमा धरौटीमा रिहाई गर्ने सम्भावना भएको बताइएको छ।

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 1255 पटक पढिएको
  • समय अनलाइन

चितवन जिल्ला प्रहरी र सिबिआईका एसपि दिपक रेग्मि सहितको टोलिले अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बुझाएको छ।

प्रहरीले अनुसन्धान सहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले पेस गरेको मिसिलको अहिले अध्ययन भइरहेको जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले बताएका छन। उनकाअनुसार सकेसम्म अभियोग-पत्र आजै चितवन जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको छ। अहिले आफुहरुले फाइल अध्ययन गर्दै गरेको र सकेसम्म आजै पेश गर्ने तयारीमा रहेको उनले बताए।

सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरूद्व थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ। यस्तै प्रकृतिका पछिल्ला ५ घटनामा ३ वटामा फैसला भएको र दुईवटा केश तारेखमा छाडेको पाईएको छ। यसलाई आधार मान्दा अदालतले रवीलाई पुर्पक्षमा धरौटीमा रिहाई गर्ने सम्भावना भएको बताइएको छ।

प्रतिवादी र बादीका पक्ष-बिपक्षमा बहस पछी पुर्पक्षका लागी थुना वा धरौटीमा रिहा भन्ने बिषयमा जिल्ला न्यायधिसबाट निर्णय आउनेछ। जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ।

आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको बताएका थिए। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ अनुसार आरोप प्रमाणित भए आरोपित ५ वर्षसम्म जेल र ५० हजार जरिवानाको भागिदार हुनेछन।

पत्रकार शालिकराम पुडाशैनिले न्युज २४ छोडेपछिका घटनाक्रममा भेटिएका प्रमाणलाई आधार बनाएर रायसहित मिसिल सरकारी वकिल कार्यालयमा पेस भएको हो।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved