बालआश्रमको जग्गामा कम्युनिस्ट नेताहरुको चलखेल

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 1002 पटक पढिएको
  • समय अनलाइन

 

भदौ ८
बेलबारी २ स्थित साहारा परिवार नेपाल (सहाराबालग्राम साहाराग्राम) को नाममा रहेको जग्गा सञ्चालकले नै चोरबाटो प्रयोग गरी व्यक्तिलाई विक्रि गरेको खुलासा भएको छ । संस्थाको नाममा रहेको जम्मा १ विगाहा ९ कट्ठा मध्ये १ विगाहा ८ कट्ठा ३ धुर व्यक्तिको नाममा गैसकेको छ । भुमीहिनहरुलाई घरसहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने पवित्र उद्देश्यले स्थापित सहारा केही वर्ष भित्रैमा थिलथिलो बनेको थियो भने सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिने अवस्थामा पुगेको हो ।
मालपोत कार्यालय बेलबारीमा रहेको अभिलेख अनुसार साहारा परिवार नेपालको नाममा रहेको ६ वटा टुक्रामा रहेको जम्मा २८ कट्ठा ३ धुर जग्गा इटहरीका डम्बरबहादुर तामाङको नाममा गएको देखिन्छ । मालपोतमा भएको ढड्डा रेकर्ड अनुसार साविक हरैँचा ५ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा तामाङ को नाममा गएको देखिन्छ ।
सहाराको नाममा रहेको जग्गा अदालती प्रकृया पुरा गर्दैै व्यक्तिको नाममा गएको देखिन्छ । मालपोतमा भएको अभिलेखमा लेखिएको छ ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेज को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार (उल्लेखित कित्तानम्बरका जग्गाहरु) ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा आएको छ ।’ हाल साहारा परिवारको नाममा साविक हरैँचा ५ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्तानम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको देखिन्छ ।


यसरी सहाराको जग्गा विक्रि गर्नेमा यसका संरक्षक मानिएका एमालेबाट निर्वाचित तत्कालिन सांसद तथा सहाराका पुर्व अध्यक्ष हर्कमान तामाङ, तत्कालिन बेलबारी गाविसका अध्यक्ष तथा सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतकै नेकपाका केही नेताहरुको भुमिका देखिएको छ । अनाथ वालवालिकाले आश्रय पाउने र भुमीहिनहरुले पनि सुविधा सम्पन्न घर पाएकाले यसमा योगदान दिएका भनेर प्रसंसित बन्ने गरेका पुर्वसांसद तामाङ र अध्यक्ष बरालले सहारा बेचे भन्ने विषय अहिले विस्तारै सबैतिर फैलिएको छ । सहाराको विषयमा बुझेकाहरुले यसबारे सुन्दा आक्रोस पोख्ने गरेका छन् ।
तर सहाराका वर्तमान अध्यक्ष शिवप्रशाद बरालले संस्था स्थापना हुनुपुर्व सो जग्गा खरिद गर्दा हर्कमान तामाङले रकम लगानी गरेको बताएका छन् । संस्थाको १ विगाहा ९ कट्ठा जग्गामा भवन निर्माण लगायतका संरचनाका लागि भने अमेरिकन नागरिकहरुले लगानी गरेका थिए । बरालले करिब १ वर्ष अघि नै सहारालाई अब चलायमान गराउन र उद्यम तथा रोजगारमुलक काम गर्ने योजना रहेको कुरा सार्वजनिक गरिएको र त्यसै अनुसार सबै कामहरु भैरहेको दावी गरेका छन् । गार्मेन्ट तथा कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले रिणको प्रकृया अघि बढाइएको भएपनि निस्क्रिय संस्थामा लगानी नपाइएकोले सम्झौता र सहमतिका आधारमा व्यक्तिको नाममा जग्गा लगिएको उनले दावी गरेका छन् । तर व्यक्तिको नाममा जग्गा लगेर पकृया अघि बढाउँदा पनि भवन जिर्ण भएको कारणले लोन स्विकृत नभएको उनले बताए । जग्गाको नयाँ स्वामित्व ग्रहण गरेका डम्बर बहादुर तामाङ पनि सहाराले सञ्चालन गर्ने कार्यक्रमका साझेदारका रुपमा रहने बरालको भनाई छ ।
सहाराका संस्थापक सचिव कञ्चन बुढाथोकीका अनुसार असहाय र भुमीहिनहरुलाई सेवा पुर्याउन खोलिएको संस्थासँग विभिन्न व्यक्तिले दिएका आफ्नै जग्गा थियो ।‘राम्रो कामका लागि भनेर केही व्यक्तिहरुले सहारालाई जग्गा पनि दिए । ’ उनले भने ‘ संस्थाको जग्गा अहिले व्यक्तिले दावी गरेको भन्ने सुनियो । यसबारे हामीले बुझ्न बाँकी छ ।’ बुढाथोकीले संस्थाको जग्गा कुनैपनि व्यक्तिको नरहेको र आफुले बुझेसम्म व्यक्तिको नाममा जानपनि नसक्ने बताए । बुढाथोकीले संस्थाको जग्गा व्यक्तिको नाममा जाने कुराको बारेमा अध्यक्ष बरालसँगै कुरा गरेर विरोध जनाएको पनि बताएका छन् ।
सहाराको जग्गाको नयाँ जग्गाधनी बनेका डम्बर बहादुर तामाङले भने आफुले पुर्वसांसद तामाङ र सहारालाई ठुलै रकम दिएको हुनाले सो रकम फिर्ता भएपछि जग्गा पनि फिर्ता गरिदिने बताएका छन् ।
साहारा परिवार नेपाल जिल्ला प्रसासन कार्यालय मोरङमा २०५५ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । भुमीहिनहरुलाई घरसहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारामा भवन तथा संरचना निर्माण लगायतमा विदेसी नागरिकको लगानी रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । विक्रम सम्बत २०५६ भदौ ४ गतेबाट सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्रै हैन सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् ।
सहाराले घर खोस्ने कुराले २८ परिवार त्रसित
यसैविच सहारामा आश्रय लिएर बसेका २८ परिवार त्यहाँबाट विस्थापित भइने त्रासमा बसेका छन् । केही दिन अघिमात्रै सहाराका अध्यक्ष बराल,पुर्वअध्यक्ष तामाङ लगायतले सहारामा आश्रित सबै परिवारका सदस्यलाई बोलाएर मिटिङ गरेका थिए । सो क्रममा तामाङ लगायतले सहाराका घरहरु छाड्नुपर्छ भनेको भन्दै उनीहरु त्रसित बनेका छन् । २०५६ सालदेखि बस्दै आएका ति परिवार अहिले विभिन्न वहानामा आफूहरुलाई विस्थापित गर्न लागेको भन्दै आक्रोसित समेत बनेका छन् ।पहिले हर्कमान तामाङले नै राखेको र अहिले उनीहरुले आफ्नो व्यवस्थापन आफै गर्नु भनेको भन्दै राधिका अधिकारीले आक्रोस पोखिन् । सहाराकै घरमा परिवार सहित बस्दै आएका खगेन्द्र कार्कीले २० वर्षसम्म दुख गरेर बसेको ठाउँमा अहिले आएर निस्कन भनेपछि कहिलेकाँही चिन्ताले निद्रा नलाग्ने गरेको सुनाए । अकस्मात घरहरु खालीगर्नु भनेर आदेशको भाषामा आएको कुरालाई उनीहरुले अमानविय व्यवहारका रुपमा बुझेका छन् । जवरजस्ती निकाल्न खोजिए चुप नबस्ने समेत उनीहरुले चेतावनी दिएका छन् । यता सहाराका अध्यक्ष बरालले भने निकाल्ने कुरा नभएको बताए । उनले वाहिर जग्गा हुनेहरुले घर बनाउने र सर्ने वातावरण तयार गर्नुहोस भन्ने आसय मात्रै राखिएको दावी गरे । उनले भने ‘बरु उहाँहरुकै लागि रोजगारी सिर्जना गर्न सकियोस भन्ने हाम्रो योजना हो । आफ्नै जग्गा भएकाले भने आफ्नै घर बनाउने र सर्ने पहल गर्नुहोस हामी पनि रोजगारी उपलब्ध गराएर सघाउँछौं भनेका हौं ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved