इटहरीका मेयर चौधरी पूनः एक्सनमा

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 1340 पटक पढिएको
  • समय अनलाइन

 

इटहरी, इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न लागिएको हो । एक साता सम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्ष सँग छलफल गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा सडकडिभिजन कार्यालय,टेलिकम,विद्युत,यातायात,उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्ष सँग आग्रह गर्नुभयो । सडकको अधिकार क्षेत्र साढे वयासी फुट भित्र रहेका संरचना हटाउन उहाँले आग्रह गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको वताउनुभयो । मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण वनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गर्नुभयो । सातदिनभित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सवै पोल हटाउन मेयर चौधरीले टेलिकम सँग आग्रह गर्नुभयो । यदि नहटाए उपमहानगरले आफै हटाउने उहाँको चेतावनी छ । विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहलेनै ब्यहोर्नु पर्ने जानकारी दिनुभयो । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोला देखि पचरुखी सम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved