रबिले यसरी मागे घुस (

  • प्रकाशित मितिः भदौ ९, २०७६
  • 1457 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ / रबि लामिछाने प्रकरणले फेरी नया नया मोड लिएको छ हिजो प्रकासित नागरिक दैनिक को सुक्रबार मा एक युबा ले एक डरलाग्दो खुलासा गरेका छन् उनको बाबाको भिद्यो गलत प्रकासित र प्रसारित भएको भनेर न्युज २४ को कार्यलय पुगेका ति युबा संग रबि र उनको टीम ले १० लाख दिए मात्र भिडियो युटुब बाट हटाउने भनेर पैसा मागेका खुलाएका छन ।

नेपाली पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दूरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनामाथि अनुसन्धान भइरहेको बेला चितवनका एक पोल्ट्री व्यवसायीले ‘सीधा कुरा जनतासँग’को समूहले आफूबाट साढे तीन लाख रुपैयाँ लिएको दावी गरेका छन् ।भरतपुरका तिलक गैरेले पाँच सात महिनाअघि आफूले ‘जनतासँग सीधा कुरा’को कार्यालयमै पुगेर युवराज कँडेललाई साढे ३ लाख रुपैयाँ दिएको बताएका छन् ।

गैरेका अनुसार उनका बाबु लक्ष्मण गैरेलाई उनकै घरमा डेरामा बस्न आएकी अन्दाजी ३५ वर्षकी यमी न्यौपानले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा पुर्याइन् । यमी गैरेको घरमा डेरामा बस्न आएको ५-६ दिनमात्रै भएको थियो । यमीको यस्तो आरोपपछि उनले ‘जनतासँग सीधा कुरा’को टोली बोलाइन् । लक्ष्मण प्रहरी हिरासतमा थिए । तिलकको दावीअनुसार यमी आफैले आफ्नो ब्यागमा पाँच लाख रुपैयाँ राखिन् । अनि ‘बलात्कार मिलाउन लक्ष्मणले पाँच लाख रुपैयाँ दिएको बताइन् ।’

कार्यक्रममा रविका बारेमा यस्तो प्रचार भएपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल पठायो । दिउँसो घरभरी मान्छे भएको बेला ६० वर्षका लक्ष्मण गैरेले बलात्कार गरेको कुरा छरछिमेकी कसैले पत्याएनन् । लक्ष्मणलाई त्यो मितिसम्म कसैले व्यभिचारको बात लगाउन सकेको थिएन।

सीधा कुरामा यमीको मात्रै कुरा राखेर लक्ष्मणलाई बलात्कारी घोषणा गरियो । र पैसा दिएर बलात्कारको मुद्दा मिलाउन खोज्ने ? भन्दै रविले लक्ष्मणको हुर्मत काढे । चर्चित कार्यक्रममा रविका बारेमा यस्तो प्रचार भएपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल पठायो । दिउँसो घरभरी मान्छे भएको बेला ६० वर्षका लक्ष्मण गैरेले बलात्कार गरेको कुरा छरछिमेकी कसैले पत्याएनन् । लक्ष्मणलाई त्यो मितिसम्म कसैले व्यभिचारको बात लगाउन सकेको थिएन ।

समाजमा उनी माछामासु समेत नखाने सरल प्रकृतिका मान्छे थिए । रविसँग तिलकले यो कहानी भनेर आफ्नो बाबुको विरुद्धमा सीधा कुरामा आएको रिपोर्ट सत्य नभएकोले हटाइ दिन आग्रह गरे । रविले त्यसका लागि आफूहरु विभिन्न जिल्ला पुगेर अनुसन्धान गर्नुपर्ने भएकोले १० लाख रुपैयाँ लाग्छ भन्ने जवाफ दिए ।

बाबु जेल पुगेपछि तिलक ‘रवि दादा’ भन्दै सीधा कुराको कार्यालय पुगे । उनले आफ्नो बाबुमाथि अन्याय भएको भन्दै न्यायका लागि याचना गरे । उनी आफैं पनि रवि लामिछानेको ठूलो फ्यान थिए ।उनले रवि लामिछानेलाई यमी न्यौपानेका बारेमा साँचोसत्य उल्लेख गरिदिन आग्रह गरे ।

युवराज कँडेललाई तिलकले एक दिनपछि साढे तीन लाख रुपैयाँ उनकै कार्यालयमा लगेर दिए । युवराजले भिडियो हटाइदिने बताएका थिए । उनको बाबुको भिडियो अहिलेसम्म नहटेको तिलकले सुनाए । उनले नेपालआजसँग भने, ‘यमी न्यौपानेलाई बला*त्कार गरेको अभियोग लागेका बाँकी पाँचै जनाका सन्तानलाई लिएर म फेरि आउँछु ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved