ट्याक्सीको किस्ता तिर्नुथियो, 'ड्राइभरले मोडलको हत्या

  • प्रकाशित मितिः भदौ ११, २०७६
  • 1072 पटक पढिएको
  • समय अनलाइन

एक ट्याक्सी ड्राइभरले पैसाको लागि एक युवतीको हत्या गरेका छन् । किनभने उनलाई ट्याक्सीको किस्ता तिर्नुपर्दथ्यो । घटना बेंगलुरुको हो । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले उनको हत्या गरेका थिए । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको हत्या गरेका थिए ।


द न्यू इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार पूजा कोलकातामा बस्थिन् । उनी मोडलिङका साथै फ्रिलान्सिङ इभेन्टकी म्यानेजर थिइन् । उनी ३० जुलाईमा कुनै कार्यक्रमका लागि बेंगलुरु आएकी थिइन् । ३१ वर्षीया उनलाई आफ्नो घर अर्थात् कोलकाता फर्कनु थियो । पूजाले ३० जुलाई दिउँसो एक होटलमा जानका लागि नागेशको ट्याक्सी बुक गरेकी थिइन् । साथै, नागेशलाई दोस्रो दिन अर्थात्, ३१ जुलाईमा करिब चार बजे एयरपोर्ट पुर्याउन जान्छौ भनेर पनि सोधिन् । कुरा १२ सय भारुमा मिल्यो ।

नागेशलाई लाग्यो कि महिला पैसावाल हुन् । उनलाई लुटिएको खण्डमा ट्याक्सीको किस्ता तिर्न पुग्छ । उनी तयार भए र दोस्रो दिन अर्थात् ३१ जुलाईमा नागेशले पूजालाई लिन गए ।

पूजा गाडीमा निदाइन् । जब नागेशले उनी सुतिरहेको देखे तब गाडीलाई सुनसान ठाउँतर्फ मोडे । र उनको टाउकोमा ज्याक रडले हमला गरे । पूजा बेहोस भइन् । नागेश सामान चोरी गरेर भाग्न थाले । तर यसैबीच पूजालाई होस आयो । उनी चिच्याउन थालिन् । नागेश डराए । पूजाले भाग्ने कोसिस गर्दा नागेशले उनलाई पछाडिबाट हमला गरे । र पछि निकै विभत्स तरिकाले हत्या गरिदिए

पुलिसका अनुसार पूजाको शरीर बेंगलुरुको केम्पेगोडा इन्टरनेशनल एयरपोर्ट नजिकै फिल्डमा भेटिएको थियो । त्यहाँको एक स्थानीयले यसको जानकारी दिएका थिए । पूजाको अनुहार चिन्नै नसकिने भएकाले उनले लगाएको लुगाबाट अनुसन्धान सुरु गरियो ।

उनले पछिल्लो दुई वर्षमा शपिङ मल र अनलाइनबाट जुन ब्रान्डको कपडा खरिद गरेकी थिइन्, त्यसको सूची मगाइयो । त्यसपछि मात्रै पूजा स्थानीय नभएको पत्ता लाग्यो । उनी बंगालकी हुन् । मामलाको अनुसन्धान गर्नका लागि दुई समूह बनाइयो र उनलाई पश्चिम बंगाल पठाइयो ।

डेकन हेराल्डमा छापिएको खबर अनुसार कोलकाताको न्यू टाउन पुलिस स्टेशनमा पूजा हराएको रिपोर्ट दर्ता गरिएको थियो जो उनका श्रीमान् सुदिपले दर्ता गराएका थिए । पुलिसले उनलाई भेटे । सुदिपका अनुसार ३१ जुलाईदेखि पूजाको फोन स्विच अफ छ

उनले पूजालाई थुप्रै पटक मेसेज पनि गरेका थिए जसको जवाफ दुई दिनपछि आयो । मेसेजमा लेखिएको थियो कि पूजा हैदराबादमा छिन्, केही इमर्जेन्सी छ र पैसाको आवश्यकता छ ।

मेसेज अंग्रेजीमा लेखिएको थियो र जसरी लेखिएको थियो त्यो हेरेपछि सुदिपलाई शंका भयो । सुदिपका अनुसार नागेशले उनीसँग पाँच लाख भारुको पनि माग गरेका थिए । तर सुदिपले दिन अस्विकार गरे र पुलिसको सहयोग लिए ।

अनुसन्धानमा पुलिसलाई नागेशबारे थाहा भयो । पूजाले उनकै ट्याक्सी प्रयोग गरेको पनि थाहा भयो किनभने उनले ३० जुलाईमा पनि ट्याक्सी प्रयोग गरेका थिए ।

लोकेशन ट्रेस गरेपछि नागेशलाई पुलिसले पक्राउ गर्‍यो ।

रिपोर्टका अनुसार नागेश कर्नाटकका हुन् । उनी आफ्नो परिवारसँग बेंगलुरुमा बसिरहेका थिए । जब पुलिसले उनको घरको अनुसन्धान गर्न पुगेका थिए तब उनको परिवार हैरान भएका थिए । पुलिसले नागेशलाई ट्याक्सी स्ट्यान्ड नजिकैबाट पक्राउ गरेको थियो ।

नागेशले पुलिससँगको सोधपुछमा उनले ऋणमार्फत् ट्याक्सी लिएको र त्यसको दुई किस्ता तिर्नका लागि पैसा चाहिएको थियो त्यसकारण पूजाको हत्या गरेको जानकारी दिए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved