हिमांशु राय
बेलबारी मोरङ २०७६ भदौ २३ गते सोमवार
मोरङको बेलबारी नगरपालिका वार्ड नं. ११ स्थित रहेको डाँगिहाट युथ कल्व ले आज पत्रकार सम्मेलन मार्फत यहि २०७६ असोज ४ गते देखि ११ गते सम्म तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता २०७६ संञ्चालन गर्न लागेको जानकारी गराएको छ।
डाँगिहाट युथ कल्वले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन मा विगत बर्षहरु मा झै यश बर्ष विजेता टिम लाई प्रथम पुरस्कार रु ५ लाख- नगद ट्रफी मेडल र प्रमाण पत्र उप विजेता टिमलाई रु २ लाख ५० हजार नगद ट्रफी मेडल र प्रमाण पत्र साथै विभिन्न उत्कृष्ट विधाहरुमा क्रमश नगद रु १० हजार साथै म्यान अफ दि म्याच लाई प्रत्येक दिन नगद रु ५ हजार उपल्ब्ध गराउँने सम्पुर्ण तयारी पूरा गरिएको र भब्य एवम सभ्य रुपमा गोल्डकप फुटवल प्रतियोगिता सम्पन्न गर्न आफुहरुले कल्वको तर्फ बाट कुनै पनि कसर बाकि नराख्ने साथै प्रतियोगिताको लागि आवाश्यक उप समितिहरुको निर्माण संगै काम को बाँडफाँड गरि सम्वन्धित ब्याक्तिहरु लाई पत्रचार समेत गरिसकिएको र जिम्मेवारी तोकिएको कल्वका अध्यक्ष विक्रम वान्तवा ले बताए।
यश अघि दुई पटक भब्य र सभ्य गोल्डकप प्रतियोगिता सम्पन्न हुँदै गर्दा कँहि केही झिनामसिना कमिकमजोरी आयोजकका तर्फबाट भए भने पनि हामी निरन्तर फलताको सिडी उक्लने क्रममा भएकोले अशल कामको अभ्यासमा पहिलेको प्रतियोगिताहरु भन्दा यसपाली त्यस तर्फ बढी सजग रहि थप चुनौतीहरुको सामना गर्न आयोजक कटिबद्ध रहेको र यस्का लागि तमाम संचारकर्मी हरु को समेत भुमिका रहेने कुरा मन्तब्यका क्रममा खेल उपसमितिका संयोजक अजित अधिकारी ले प्रस्ट्याए।
मुख्य प्रायोजक को रुपमा नेपालकै ठूलो बुद्ध एयर प्रा.लि. रहेको छ भने सह प्रायोजकमा टुबोर्ग वियर र विशेष सहयोगीमा बेलबारी नगरपालिका यसैगरि विभिन्न स्थानिय संघसंस्थाहरुको साथ सहयोग रहेको
तेस्रो गोल्डकप प्रतियोगिताको लागि अनुमानित आम्दानी तर्फ रु ३३ लाख र खर्च तर्फ रु ३१ लाख ४ हजार र नाफा बचत तर्फ रु १लाख ९६ हजार, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।यसै गरि प्रतियोगितामा सहभागी फुटवल कल्व र टिम हरुमा नेपाल पुलिस कल्व काठमाण्डौ, झापा-११, झापा,एपिएफ काठमाण्डौ,रोयल कल्व सिलिगुडी भारत,रुपन्देही -११,शुनसरी-११,मदन भण्डारी स्पोर्ट्स ऐकडेमी काठमाण्डौ र डाँगिहाट युथ कल्व मोरङ आयोजक गरि जम्मा ८ समुह रहने जनाईएको छ।
यस्ता खेलकुदहरुले मानव स्वास्थ्य र उदाउँदो युवा पिडीहरुको चौतर्फी विकाशमा महत्वपुर्ण स्थान अोगट्दै गईरहेको वर्तमान यो अवस्थामा डाँगिहाट युथ कल्वले बर्षै पिछे यसरी आर्थिक पाटोमा ठूलो जोखिम मोलेर जुन गोल्डकप प्रतियोगिता संचालन गरिरहेको छ त्यो आफैमा यश बेलबारी नगरपालिका र आसपासको क्षेत्रको लागि पनि एउटा उदाहरणीय कार्य भएको भन्दै आयोजक युथ कल्व का अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीहरु लाई
बेलबारी नगरपालिका वार्ड नम्वर ११ का वार्ड अध्यक्ष याम बहादुर पोख्रेल( राजन)ले मन्तब्यका क्रममा धन्यवाद ब्याक्त गर्नुभयो।
पहिलो गोल्डकप प्रतियोगिता बाट रु २ लाख पचासी हजार र दोस्रो गोल्डकप प्रतियोगिता बाट रु १ लाख ५ हजार दुबै गोल्डकप प्रतियोगिता बाट जम्मा ३ लाख ९० हजार खुद नाफा संकलित रकमको बारेमा पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उक्त रकम लाई डाँगिहाट युथ कल्वको भवन निर्माणमा प्रयोग गरिएको र कल्वको भवन निर्माण गर्दा करिव ८ लाख भन्दा माथी खर्च भएको कुरा पत्रकार सम्मेलन मा कल्वका अध्यक्ष विक्रम वान्तवाले वताए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved