पुरानो फाईल खोल्दै इटहरीका नयाँ डिएसपी

  • प्रकाशित मितिः भदौ २८, २०७६
  • 1600 पटक पढिएको
  • समय अनलाइन


इटहरी । भर्खरै सरुवा भएर इटहरीका आएका डिएसपी धर्मराज भण्डारीले इटहरीका पुराना अपराधिक घट्नाहरुको फाईल खोतल्ने बताएका छन । लामो समय देखि अनुसन्धानरत फाईललाई प्रथामिकतामा राखेर काम गर्ने बताएका हुन ।


शुत्रबार आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गदै डिएसपी भण्डारीले टुंगोमा नपुगेका पुराना फायलहरू पुन खोल्ने भएको बताएका हुन । अपराध अनुुसन्धानका घटनाहरूमा बढी ध्यान केन्द्रित गर्ने उनको प्रतिबद्धता थियो । साना देखि ठुला अपराधिक घटनालाई निगरानीमा राख्ने बताएका हुन।


इटहरी क्षेत्रमा अहिले लागु औषध कारोबार , ठगि जस्ता घटनाहरू प्रहरीका लागि मुख्य चुनौती बनेकोले यसलाइ निर्मुल बनाउन बिशेष प्रहरी परिचालन गरी यस्ता घटनाहरूलाइ सुक्ष्म तरिकाले अनुसन्धान गरीने बताए ।

इटहरी जसरी बिकास हुँदैछ सोही अनुसार अपराधका घटना पनि बढ्दो छ । ठुलो शहरमा ठुलै हुँदैछन् अपराध । घटना हुनै नदिन जति प्रयास गर्नुपथ्र्यो त्यो त भएन नै । तर अपराध भएपछि पनि त्यसलाई सहि समाधान गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी चुक्दै आएको छ । विगत देखी वर्तमान सम्म इटहरीमा घटेका हत्याका केसहरुका दोषीहरु पत्ता लगाउन सकेको छैन ।

गितानिधि रायमाझी

२०६२ साल बैशाख ३१ गते शुक्रबार तत्कालिन इटहरी नगरपालिका मेयर गितानिधिरायमाझीको साँझपख घर नजिकै गोली हानि हत्या भयो । जनयुद्धको बेला माओवादीले रायमाझीकोहत्या भयो भन्ने हल्ला चलाए पनि अहिलेसम्म कसले मा¥र्यो भन्ने अत्तोपत्तो छैन ।गितानिधिको श्रीमती माया रायमाझीले आफ्नो श्रीमानको हत्यारा अहिलेसम्मपत्ता नलाग्दा अझै पिडित बनेकोउनको दुखेसो छ । ‘राज्यले मेरो श्रीमानकोहत्यारा किन पत्ता लगाउन सक्दैन’ उनले प्रश्न गरिन । श्रीमानको हत्यारा पत्ता लागेकोदिन आफुले‘न्याय’ पाउने उनको अठोट छ ।


ब्यापारी अग्रवाल दम्पती

२०६४ साल चैत ५ गते मंगलबार इटहरीको दन्तकाली हार्डवेयर संञ्चालक दम्पती कैलाश अग्रबाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाधिएको मुखमा पट्टि लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाधेर बेल्चा प्रहार गरेको निश्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले ग¥र्यो १०बर्ष बित्दा पनि अग्रवाल दम्पती हत्यारा प्रहरीले पत्ता लगाउँन सकेको छैन ।हत्या किन गरियो ?कसले ग¥र्यो ?पत्ता नलाग्दा पिडित परिवारले अहिले सम्मन्याय पाउन सकेको छैन ।

सुवास काफ्ले

२०७० मंसिर ४ गते खनारबाट सुवास काफ्ले हराए । पछि मंसिर ६ गते तत्कालिनहाँसपोसा गाविसको चारकोशे जंगल क्षेत्रमा जलेको अवस्थामा सुवासको शव भेटियो । सुवासको श्रीमती ममता काफ्लेले श्रीमानको हत्या आफ्नै जेठाजु रमेश काफ्ले, सुवास गौतम र रमेशका सवारी चालक नरेश चौधरी विरुद्ध २०७१ बैसाख १९ गते किटानी जाहेरी दिईन । जेठाजु रमेश सहितका केहि पूर्वपक्षका लागी जेल चलान भए पनि रमेश अन्तत निर्दाेष साबित भएर छुटे ।
तर सुवासको हत्या कस्ले गर्राे अझै पत्ता लगाउन प्रहरीले सकेको छैन ।

सपना भुजेल

२०७२ साल फागुन २० गते इटहरी २ की १३ बर्षिय बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला प¥र्यो तर हत्या कसले र किनग¥र्यो भन्ने बिषयमा अहिले सम्म पत्ता लागेको छैन । तत्कालिन इटहरीका डिएसपी ओम अधिकारीले हत्या भएको बताए पनि हत्यारासम्म प्रहरी पुग्न सकेन । कमजोर आर्थिक अबस्था भएको भुजेल परिवारले अहिले सम्म न्याय नपाएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved