राष्ट्रिय ख्रिष्टीयान महासंघ को दोस्रो सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

  • प्रकाशित मितिः भदौ ३१, २०७६
  • 1174 पटक पढिएको
  • समय अनलाइन

 

हिमांशु राय
राष्ट्रिय ख्रिष्टीयान महासंघ को दोस्रो सभा तथा प्रशिक्षण कार्यक्रम मोरङको पथरी शनिश्चरे नगरपालिका वार्ड नम्वर४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा महासंघका प्रदेश संयोजक ईन्द्र नेपालीको अध्यक्षता मा सम्पन्न भएको छ।
महासंघका केन्द्रीय अध्यक्ष सि. वि. गहतराजको प्रमुख आथित्यमा सम्पन्न प्रदेश स्तरिय भेला तथा प्रक्षिक्षण कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय ख्रिष्टीयान महासंघको विधानत प्रदेश,जिल्ला,क्षेत्र र स्थानिय तह सम्मै महासंघको शाखा गठन गरि विश्वभर छरिएर रहेका नेपाली इसाईहरुको हक,हित र अधिकारहरुलाई संरक्षण,प्रर्बद्धन गर्न संविधान र कानुनले दिएको मौलिक र नैसर्गिक तथा आस्था स्वतन्त्रता को अधिकारहरुलाई स्थापित गर्न महासंघ सदैव कटिबद्ध रहेको बताउनु भयो।
नेपाल सरकार लाई विगतमा २३ बुँदे सुझाव, ३ बुँदे सहमति लगायतका सम्झौताको कार्यान्वयनका लागि २०६८ साल जेष्ठ १३ गते राष्ट्रिय ख्रिष्टीयान महासंघ नेपाल ले ध्यानाकर्षण गराउँदा नेपाल सरकार र महासंघ विच ऐतिहासिक ६ बुँदे सहमति भएता पनि हाल सम्म त्यस्लाई नेपाल सरकारको तर्फ बाट कार्यान्वयन गर्न ढिलाई गर्दा आफ्नो समुदाय माथी राज्य बाट ठूलो अन्याय भएको प्रती दुःख ब्याक्त गर्नुभयो।
नेपाल राष्ट्र निर्माण का लागि नेपाली ख्रिष्टीयानहरुले गरेको योगदानलाई वर्तमान शासक हरुले उपेक्षित गरेकोले ख्रिष्टयेशुले सारा पापी मानिसहरुको लागि बहाउनु भएको रगतले जसरी सम्पुर्ण मानव जगतको उद्धार भयो त्यसैगरि क्षमा,मिलाप र राष्ट्रिय एकताको लागि नेपाली इसाईहरु अब अझ बढी ईमान्दारी अनि जिम्मेवारीका साथ अघि बढनु पर्ने वर्तमान आवाश्यकता लाई महशुष गरि राष्ट्रिय ख्रिष्टीयान महासंघ नेपालले
देशका ७ प्रदेश र ७७ वटै जिल्लामा प्रक्षिक्षण र सचेतना अभियान संचालन गरिरहेको पनि जानकारी गराउँनु भएको छ।
महासंघका केन्द्रीय सह महासचिव धन राज घिमिरे ले प्रशिक्षणका क्रममा राष्ट्रिय ख्रिष्टीयान महासंघको ऐतिहासिक परिचय, स्थापना र उदेश्य तथा भावी रणनिती आदीको बारेमा जानकारी गराउँदै उपस्थित हरु लाई प्रशिक्षित गराउँनु भयो।
करिव ४ घण्टा लगातार संचालित प्रशिक्षण भेला कार्यक्रममा प्रदेश नम्वर १ का मोरङ,सुनसरी,झापा,ईलाम,पाँचथर,ताप्लेजुङ,धनकुटा, उदयपुर,लगायत जिल्लाहरु बाट व्यापक उपस्थिती रहेको थियो।
उपस्थित भेलाले कार्यक्रम मा एनोस गजमेरको संयोजकत्वमा २३ सदस्य प्रदेश अधिवेशन भेला आयोजक समिति चयन गरेको छ। प्रदेश नम्वर १ अन्तर्गत का १४ जिल्ला विस्तार र अधिवेशन को अधिकार समेत पाएको यो भेला आयोजक समितिले आगमी माघ १६ गते प्रदेश नं.१ स्तरिय महासंघको प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved